शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

चलचित्र क्षेत्रलाई सरकारले उपेक्षा गर्‍योः भुवन केसी


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ १८, २०८०
  • 177
    SHARES

काठमाडौं । चलचत्रि विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रलाई सरकारले उपेक्षा गरेको बताएका छन्। बिहीबार काठमाडौंमा एक कार्यक्रममा बोल्दै उनले बोर्डले आवश्यक ठानेर पठाएको मागलाई बेवास्ता गर्दै सरकारले बजेटमा चलचित्र क्षेत्रलाई उपेक्षा गरेको बताएका हुन्।

उनले नेपाली चलचित्रको प्रवद्र्धनका लागि स्टुडियो बनाउने कुराले खुशी बनाएपनि बोर्डले विज्ञ र सम्बन्धित संस्थाहरुसँग छलफल गरी बजेट निकासा गर्न आग्रह गरेको फाइलअनुसार अर्थ मन्त्रालयले चलचित्र क्षेत्रका लागि बजेट नदिएको बताए। बजेटमा सरकारले विदेशी चलचित्र आयात गर्ने कुरामा ५ प्रतिशत कर लगाउनुपर्ने कुरालाई बेवास्ता गर्दै १ प्रतिशत मात्रै लगाउने नीति लिएकोप्रति पनि असन्तुष्टि जनाए।

उनले भने, ‘नेपाली चलचित्रको प्रवद्र्धनका लागि स्टुडियो आवश्यक छ। एउटा स्टुडियो पनि नभएको अवस्थामा दुई वटा स्टुडियो अवधारणा आयो, त्यो सुन्ने बित्तिकै हामी हर्षित भयौँ, एउटा काभ्रो र अर्को दोलखाको। सरकारप्रीत हामी खुशी भयौँ। अर्को विदेशी चलचित्र आयात गर्ने बारेमा हामी सबैले छलफल गरेर सुझाव दिएका थियौँ की, विदेशी चलचित्रको शुल्क ५ प्रतिशतसम्म गरियोस् वा एक लाखसम्म गरियोस् भन्ने माग थियो। तर त्यसमा आउँदा १ प्रतिशत मात्रै आयो। हामीले चलचित्र सम्बन्धी आवश्यक कुरा मन्त्रालयमा बढाएका छौँ। यस बारेमा जानकारी लिँदा अर्थ मन्त्रालयसम्म पुगेको रहेछ। अर्थ मन्त्रालयबाट हामीले पठाएको माग भन्दा ठिक उल्टो गरी आएको छ। प्रधानमन्त्रीज्यु भारतभ्रमणबाट आउनेबित्तिकै यसबारेमा कुरा गर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्रीले आश्वासन दिनुभएको छ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }