बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सांसद विकास कोषको रकमले कक्षा ११ र १२ निःशुल्क गर्न अनेरास्ववियुको माग


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ १८, २०८०
  • 115
    SHARES

काठमाडौ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले सांसद विकास कोषलाई छुट्याइएको रकम कक्षा ११ र १२ को शिक्षा निःशुल्क गराउने कार्यमा खर्च गर्न रुलिङको माग गर्दै सभामुखको ध्यानाकर्षण गराएको छ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले भ्रष्टाचारको प्रमुख कारक प्रमाणित भई बन्द गरिएको सांसद विकास कोषलाई फिर्ता गरी उक्त रकम कक्षा ११ र १२ को शिक्षालाई निःशुल्क गराउने कार्यमा खर्च गराउन माग गरेको हो। अनेरास्ववियुले बिहीबार सभामुख देवराज घिमिरेलाई ध्यानाकर्षण-पत्र बुझाउँदै यसका निम्ति सरकारलाई रुलिङ गर्न आग्रह गरेको छ।

ज्ञापन-पत्र बुझाउँदै अनेरास्ववियुका अध्यक्ष समिक बडालले देशको अर्थतन्त्र शिथिल भएको वेलामा सांसद विकास कोषको नाममा ५/५ करोड वितरण गर्नुले सांसदहरू जनउत्तरदायी नभएको कुरालाई पुष्टि गरेको दाबी गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }