बुधबार, अशोज १७, २०८०

असार १ गतेदेखि बसपार्क बाहिरबाट सवारीसाधन सञ्चालन गर्न नपाइने


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ १९, २०८०
  • 78
    SHARES

काठमाडौं । काठमाडौं महानगरपालिकाले असार १ गतेदेखि बसपार्क बाहिरबाट यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न नदिने भएको छ। शुक्रबार एक सूचना जारी गरी महानगरले यात्रुवाहक सवारीसाधन बसपार्कबाट मात्र सञ्चालन गर्न महानगरले आग्रह गरेको हो।

काठमाडौं महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दूरीमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधन नयाँ बसपार्क गोंगबुबाट मात्र छुट्नुपर्ने व्यवस्था कार्यान्वयन गर्ने सरोकारवालाहरुसँगको बैठकबाट निर्णय भएको महानगरले जनाएको छ।

निर्णय कार्यान्वयन नगरे जो कोहीलाई असार १ गतेदेखि ट्राफिक प्रहरीसँग समन्वय गरी महानगर प्रहरीबाट नियमानुसार कारबाही गरिने पनि महानगरले स्पष्ट पारेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सम्वाददाता : अनिसा निरौला
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ