बुधबार, अशोज १७, २०८०

सुनकोशीमा जीप खस्यो , सिटिइभिटीका सहसचिवसहित तीन जना बेपत्ता


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ १९, २०८०
  • 96
    SHARES

काठमाडौं । मध्यपहाडी  राजमार्गअन्तर्गत गोलञ्जोर  गाउँपालिका–७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ। आज जीप नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजकुमार सिलवालका अनुसार प्राविधि शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिइभीटि) को बा १ झ ७४६७ नम्बरको जिप काठमाण्डौबाट खोटाङ तर्फ जादै गरेको जिप सुनकोसीमा खसेको हाे।

चार जना सवार रहेको जिप सुनकोसीमा खस्दा चालक ३१ बर्षिय कृष्ण चौधरी घाइते भएका छन्। भने सिटिइभिटि प्रशासन महाशाखाका निर्देशक सहसचिव ५७ बर्षिय कृष्णबहादुर केसी, योजना महाशाखा प्रमुख ५६ बर्षिय यमप्रसाद भुर्तेल, र विद्युत प्रशिक्षक ३२ बर्षिय भानु पौडेल बेपत्ता भएका छन् । बेपत्ता भएकाहरुको खोजी भइरहेको प्रहरी प्रमुख एसपी सिलवालले जनाए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सम्वाददाता : अनिसा निरौला
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ