मङ्लबार, अशोज १६, २०८०

शरद ऋतु आरोहणको तयारी सुरू


  • माउन्टेन खबर
  • शनिबार, भदौ २३, २०८०
  • 40
    SHARES

काठमाडौं । यस वर्षको शरद ऋतु (असोज–कात्तिक) मा हिमाल आरोहणका लागि २ सय ८४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार अनुमति लिएकामध्ये ४४ मुलुकका ६० जना महिला र २ सय २४ जना पुरुष छन् । यस वर्ष सबैभन्दा धेरै २३ समूहले आठ हजार १ सय ६३ मिटर उचाइको मनास्लु आरोहणका लागि अनुमति लिएका छन् ।

मनास्लु हिमाल आरोहणका लागि सबैभन्दा आकर्षक समय शरद ऋतुलाई मानिन्छ । आरोहणका लागि आइतबारसम्म आरोहीहरू मनास्लु आधार शिविर पुगिसक्ने विभागले जनाएको छ ।

पर्यटन विभागका अनुसार हिमाल आरोहणका लागि सबैभन्दा धेरै चीनबाट ६७ जनाले अनुमति लिएका छन् । त्यस्तै,अमेरिकाबाट ३० जना, रुसबाट २६ जना, जापान र फ्रान्सबाट १५–१५जना, स्वट्जरल्यान्ड र क्यानडाबाट १२–१२ जना ,बेलायत र इरानबाट १०–१० जनाले आरोहणको अनुमति लिएका छन् ।

त्यस्तै, रक्सा उराई हिमाल आरोहणका लागि ४ जना, पुठा हिउँचुली आरोहण गर्न ५ जना, कुम्भकर्ण आरोहणका लागि ५ जना, हिमलुङ आरोहणका लागि २ जना र नेमजुङ आरोहणका लागि २ जनाले अनुमति लिएका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ