मङ्लबार, अशोज १६, २०८०

हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–छिन्ताओ उडान सुरु


  • माउन्टेन खबर
  • आइतवार, भदौ २४, २०८०
  • 72
    SHARES

काठमाडौँ । हिमालय एयरलाइन्सले चीनमा आफ्नो गन्तव्य विस्तार गर्दै आइतबारदेखि छिन्ताओमा नियमित उडान सुरु गरेको छ । पयर्टनमन्त्री सुदन किराती, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ र हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले एक कार्यक्रमबीच पहिलो उडानलाई बिदाइ गरेका हुन् ।

कार्यक्रममा बोल्दै पयर्टनमन्त्री किरातीले नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ र परिष्कृत पारेर लान नेपाल सरकार लागि परेको जिकिर गरे । काठमाडौँ–छिन्ताओ उडानले यसलाई सहयोग गर्ने आशा व्यक्त गरे । त्यस्तै, उपाध्यक्ष श्रेष्ठले चीनमा पर्यटन प्रवर्द्धनका लागि आफूहरूले यो उडान सुरुवात गरेको जानकारी दिए ।

छिन्ताओ चीनको पर्यटकीय गन्तव्य हो । तर, आजसम्म त्यहाँबाट काठमाडौँ आउने सिधा उडान थिएन । कम्पनीले सुरुमा सातामा एउटा उडान गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ