सोमवार, अशोज १५, २०८०

२ लाख रुपैया“को अनुदान सहित कुसोमले ग¥यो अनुसन्धानका लागि आवहन


  • माउन्टेन खबर
  • आइतवार, भदौ २४, २०८०
  • 108
    SHARES

 

काठमाडौं ।काठमाडौं युनिर्भसिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम) ले स्नातक, एमफिल, र पीएचडी तथा स्वतन्त्र अनुसन्धानकर्तालाई विभिन्न ६ विषयमा अनुसन्धानको लागि प्रस्ताव आवहन गरेको छ । कुसोमले आइतबार एक कार्यक्रम आयोजना ड्ब्लुटीओ चियर्स प्रोग्राम अन्र्तगत यही सेप्टेम्बर १५ सम्मको सयमसी तोकी अनुसन्धानको प्रस्ताव आवहन गरेको हो । उक्त प्रस्तावको आवहन काठमाडौं युनिर्भसिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम) ले अगस्ट ०१ मा नै ड्ब्लुटीओ चियर्स प्रोग्राम र काठमाडौं युनिर्भसिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम)को वेब पेज तथा विभिन्न सामाजिक संजाल बाट गरेको थियो।

कुसोमले प्रत्येक अनुसन्धानको लागि २ लाख अनुदान समेत प्रदान गर्ने र अनुसन्धानको प्रकृतिअनसार थप गर्र्न सकिने कुसोमका रजिस्टार प्राध्यापक डा. अच्युत वाग्लेले जानकारी दिए । कुसोमले गत वर्षसमेत ४ वटा अनुसन्धानको लागि अनुदान दिएको छ । कार्यक्रममा गत वर्ष अनुदान पाएका अनुसन्धानकर्ताले आÏनो अनुसन्धानको प्रस्तुत गरेका थिए ।

कुसोम विश्वभरका १७ अन्य विश्वविद्यालयहरूस“गै प्रतिस्पर्धात्मक प्रक्रियामा डब्ल्यूटीओ चेयर्स कार्यक्रमबाट सम्मानित भएको छ । यो अन्वेषकहरू र विद्यार्थीलाई र ड्ब्लुटीओ बहुपक्षीय व्यापार मामिलामा रुचि लिनको लागि प्रोत्साहन रहको कुसोमले जनाएको छ । यस्तै कुसोमले ‘एआईबी साउथ एशिया कन्फ्रेन्स २०२४’ आयोजना गर्ने भएको छ । दक्षिण एशियाली राष्ट्रहरु (बंगालदेश, भुटान, भारत, माल्दिस, नेपाल र श्रीलंका) को सहभागीता रहने यस कार्यक्रम आगामी वर्ष हुनेछ । कुसोमले यस कार्यक्रमको सहभागीताको लागि एआईबीको साउथ एशियाको वेबसाइटमा रजिष्टर गर्नुपर्ने जनाएको छ ।

अगस्ट १९९३ मा स्थापित कुसोम स्नातक कार्यक्रम सुरु गर्ने पहिलो विद्यालय समेत हो । कुसोमले सर्वप्रथम अन्तर्राष्ट्रिय स्तरमा डिजाइन सिद्धान्तमा आधारित मास्टर अफ बिजनेस एडमिनिस्ट्रेशन (एमबीए) कार्यक्रम प्रारम्भ गरेको थियो ।

रिर्सचको लागि लिंक https://wcpnepal.ku.edu.np/research-3
एआईबीको बारेमा थप जानकारी तथा सदस्यता लिनको लागि nflu https://aib-southasia.org/aib-sac-2024/

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ