
काठमाडौं । नेपाली राष्ट्रिय यू-१९ टिमका लागि २५ खेलाडी छनोट भएका छन् ।
यू-१९ टिमका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले मंगलबार ३४ जनाबाट २५ खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
नेपाल यू-१९ फुटबल टिम अहिले काठमाडौंमै हुने साफ यू-१९ च्याम्पियनसिपको तयारीमा छ ।
च्याम्पियनसिप यही सेप्टेम्बर २१ देखि ३० सम्म काठमाडौंमा आयोजना हुनेछ ।