मङ्लबार, अशोज १६, २०८०

कारोबार र सेवा क्षेत्र बिस्तार गर्न प्रयत्नशील छौँः साल्ट ट्रेडिङ


  • माउन्टेन खबर
  • बुधबार, भदौ २७, २०८०
  • 54
    SHARES

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले लिमिटेडले कारोबार र सेवा क्षेत्र बिस्तार गर्न प्रयत्नशील रहेको जनाएको छ ।

बुधवार कर्पोरेशनले काठमाडौंमा स्थापनाको ६१ औं वार्षिकोत्सव मनाउँदै यस्तो बताएको हो । कर्पोरेशनले जनतालाई दैनिक उपभोग्य वस्तुहरु उपलब्ध गराउने लक्ष्य लिएर स्थापना भएको ६० वर्ष पूरा गरेको छ । कर्पोरेशनले उद्देश्य अनुसार जनतालाई सुपथ र सहज रुपमा गुणस्तरिय उपभोग्य वस्तुहरु उपलब्धतालाई निरन्तरता दिइरहेको कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले बताउनु भयो । उहाँले कर्पोरेशन अफ्ठ्यारो परिस्थितिमा पनि आम उपभोगक्ताहरुलाई सहज रुपमा व्यापार विविधिकरणसहित सक्रिय बनाउने प्रतिवद्धता जनाउनु भयो । उहाँले कर्पोरेशनले कृषि क्षेत्रको विकासमा समेत योगदान पु¥याउने उद्देश्यले अनुदानित मलमा मात्रै सिमित नभई गैर अनुदानित मल पनि आयात गरी बिक्री वितरण गरिरहेको बताउनु भयो । उहाँले उपभोक्ताहरुलाई गुणस्तरिय तेल उपलब्ध गराउन हेटौँडाको नेपाल वनस्पति घ्यु उद्योगबाट तोरीको तेल उत्पादन प्रारम्भ गरी उपभोक्ता समक्ष पु¥याइरहेको बताउनु भयो । उहाँले कर्पोरेशन अब कारोबार र सेवा बिस्तार गर्नमा प्रयत्नशील रहेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले साल्ट ट्रेडिङ कर्पोरेशनले उपभोग्य वस्तु मात्रै नभएर कृषि क्षेत्रमा पनि प्रत्यक्ष योगदान गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारको आवश्यकताअनुसार निर्देशन पालना गरी उपभोग्य वस्तुहरुको उपलब्धतामा देखाएको सक्रियता सकारात्मक रहेको बताउनु भयो । उहाँले नुन जस्तो अत्यावश्यक दैनिक उपभोग्य वस्तुलाई सुपथ मूल्यमा सर्वसाधरणमा सहज रुपमा पु¥याउनु प्रशंसा योग्य काम गरिरहेको बताउनु भयो ।

उहाँले कृतिम मूल्य वृद्धि नियन्त्रणमा सकारात्मक भूमिका कर्पोरेशनको रहेको भन्दै जनतालाई सुपथ मूल्यमा गुणस्तरिय उपभोग्य वस्तु उपलब्ध गराउने काम गरेको बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ