सोमवार, असार ३१, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल माइस पर्यटनको लागि उपयुक्त गन्तव्य :अध्यक्ष शाह


  • माउन्टेन खबर
  • आइतवार, भदौ ३१, २०८०
  • 240
    SHARES

काठमकाडाैं। होटल संघ नेपालले मेला, सभा-सम्मेलन र विवाह गन्तव्यको बढ्दो माग परिपूर्तिका लागि कार्ययोजना तयार गर्न भदौ ३१ गते आइतबार सरोकारवालाहरुसँग बैठक आयोजना गरेकाे छ ।

होटल संघ नेपालको वार्षिक कार्ययोजना भित्र परेको यस कार्यक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल माइस पर्यटनको लागि उपयुक्त गन्तव्यको रुपमा स्थापना गर्न सघाउ पु¥याउने संघका अध्यक्ष विनायक शाहले बताए ।प्रकृतिले प्रचुर साथ दिएको नेपालमा पर्यटन बढाउन ‘माइस’ पर्यटनको विकास गर्न अपरिहार्य रहेको उनकाे भनाइ छ ।

नेपालले विश्वको व्यापारिक समुदायमा अन्तर्राष्ट्रिय सभा सम्मेलन गन्तव्यको रूपमा लोकप्रियता हासिल गरेको परिप्रेक्ष्यमा यस कार्यक्रमबाट सरोकारवालाहरुले उपयुक्त कार्यनीति तयार गर्ने विश्वास लिएकाे उनले बताए ।

अन्तर्राष्ट्रिय स्तरको मेला, सभारसम्मेलनसँगै व्यापार व्यवसायको प्रवद्र्धनका लागि विदेश भ्रमणमा पठाउने प्रचलन विश्वव्यापी रुपमा अझ छिमेकका भारत र चीनमा बढ्दै गएको छ । छिमेकको भारत लगायतका देशहरुबाट वर्षेनी हजारौंको संख्यामा विवाह गर्ने जोडीहरु र उनीहरुको परिवारका सदस्यहरु नेपाल आउने क्रम बढेको हुँदा यस विधालाई थप लोकप्रिय र फराकिलो बनाउन पनि होटल संघ नेपालले आयोजना गर्न लागेको कार्यक्रमले सघाउ पु¥याउने विश्वास लिइएकाे छ ।

यस्ता मेला, सभारसम्मेलन, गन्तव्य विवाह तथा प्रोत्साहन भ्रमणका कार्यक्रमलाई नेपालको पहाडी तथा तराईका गन्तव्य, प्राकृतिक ट्रेकिङ क्षेत्र र धार्मिक तथा सम्पदा स्थलहरूका विभिन्न प्याकेज बनाइ कर्पोरेट कम्पनीहरूलाई आकर्षित गर्न सक्ने सम्भावना प्रवल रहेको छ भने यसका लागि सरकारी नीति नियम, थप पूर्वाधार, जनशक्ति र प्रभावकारी प्रवद्र्धनका कार्यक्रमहरुको आवश्यकता रहेको संघले जनाएको छ ।

कार्यक्रममा सदस्य होटलका प्रतिनिधिहरू, सम्वद्ध सरकारी अधिकारीहरु, विज्ञहरु, टुर अपरेटरहरू, पर्यटनसँग सम्बन्धित संघ संस्थाका पदाधिकारीहरु उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }