मङ्लबार, अशोज १६, २०८०

पर्व हाम्रा पहिचान र गौरव हुन् : सभापति देउवा


  • माउन्टेन खबर
  • सोमवार, अशोज १, २०८०
  • 44
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रो देश अनेक धर्म, अनेक संस्कृति र अनेक पर्वले समृद्ध रहेको उल्लेख गर्दै यी पर्व हाम्रा पहिचान र गौरव भएको उल्लेख गर्न्नु भएको छ ।

नेपाली महिलाहरूको विशेष पर्व हरितालिका तीजका अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उहाँले समाजमा सौहार्दता र एकतालाई मजबुत तुल्याउन यी पर्वहरुले योगदान गर्दै आएको बताउनु भयो।

सभापति देउवाले सबै खाले पर्वमा आपसी प्रेम, सद्भाव, विश्वास र भाइचारा व्यक्त गर्ने हाम्रो परम्पराले समाजलाई एक साझा फुलवारीका रुपमा प्रतिविम्वित गर्दै आएको उल्लेख गर्दै तीजमा चेलीहरु माइत आउने र पारिवारिक सम्बन्धलाई हार्दिक बनाउन भूमिका निर्वाह गर्ने दृष्टिले पनि यसको विशेष महत्व रहेको बताउनु भएको छ।

उहाँले यो पर्वले आजको दिनमा हाम्रो देश, समाज र सबैको पारिवारिक जीवनमा सुखद् अपनत्व अभिवृद्धि गर्न सकोस् भन्दै शुभकामना व्यक्त गर्नु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ