मङ्लबार, अशोज १६, २०८०

आन्दोलनरत शिक्षकलाई वार्तामा आउन आह्वान


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज २, २०८०
  • 31
    SHARES

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत नेपाल शिक्षक महासङ्घलाई वार्ताका लागि आह्वान गरेको छ।

मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी मङ्गलबार अपराह्न ३ बजे वार्तामा सहभागी हुन अनुरोध गरेको छ। विद्यालय शिक्षासम्बन्धी विधेयक सार्वजनिक भएपछि महासङ्घले त्यसप्रति आपत्ति जनाउँदै असोज ३ गतेबाट देशभरिका विद्यालयमा पठनपाठन ठप्प पारी राजधानी केन्द्रित आन्दोलन गर्ने कार्यक्रम घोषणा गरेको छ।

मन्त्रालयले विज्ञप्तिमार्फत महासङ्घका पदाधिकारीसँग विभिन्न चरणमा छलफल गरी पेस गरिएका सुझावलाई यथाशक्य समावेश गरिएको उल्लेख गरेको छ।

मन्त्रालयले महासङ्घले घोषणा गरेको आन्दोलनलाई स्थगन गर्न पनि अनुरोध गरेको छ। उसले देशभरिबाट दुई लाख शिक्षक राजधानीमा उतारेर आन्दोलन गर्ने चेतावनी दिँदै आएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ