मङ्लबार, अशोज १६, २०८०

बिपी साहित्य महोत्सव समापन भोलि


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज २, २०८०
  • 40
    SHARES

ललितपुर ।  संविधान सभाका अध्यक्ष एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण स्थगित बिपी साहित्य महोत्सवको समापन असोज ३ गते हुने भएको छ ।

नेपाली कांग्रेसले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं कांग्रेसका संस्थापक बिपी कोइरालाको ११० औँ जन्मजयन्तीका अवसरमा आयोजना गरेको ‘बिपी साहित्य महोत्सव’ को समापन असोज ३ गते हुने भएको हो ।

भदौ २४ गते सुरु भई दुई दिन सञ्चालनपछि महोत्सव स्थगित भएको थियो ।  तेस्रो एवं अन्तिम दिनको कार्यक्रम संविधान दिवसका अवसरमा असोज ३ गते बिहान १०:३० देखि बेलुका ५ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा हुने कांग्रेस केन्द्रीय सदस्य एवं सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बताउनुभयो ।

उहाँका अनुसार बिपीको समाजवादी परिकल्पनामा शिक्षा, समावेशिता, सामाजिक रूपान्तरण र बिपी, समय र सबाल्र्टन, बिपीका आख्यानमा नारी, परिवारले बुझेका बिपी, बिपीको विचार, आजको संविधान र अबको बाटो शीर्षकमा विमर्श हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ