
काठमाडौं ।पार्टीको केन्द्रीय कार्यसमिति बैठक बिहीबार बस्दै गर्दा मंगलबार बसेको संस्थापन इतरको बैठकले कडा रुपले सरकारका बारेमा एजेन्डा बनाउने भएको हो ।
१४ औँ महाधिवेशनमा आफ्नो पक्षबाट चुनाव लडेका सबैलाई छलफलमा डाकेको शेखर–गगन पक्षको बैठकले अहिलेको सरकारले भ्रष्टाचार विरुद्धको अभियान चलाउने नाममा कांग्रेसलाई बदनाम गरेको आरोपसमेत लगाएको छ ।
त्यतिमात्र हैन कांग्रेस नै भ्रष्टाचार विरोधी अभियानमा रहेको देखाउन प्रधानमन्त्री तथा गृहमन्त्री लागिपरेको भन्दै त्यसको चर्को विरोध गर्ने मनस्थितिमा शेखर–गगन पक्ष पुगेको हो ।
नेता डा. शेखर कोइरालाको कार्यालय विशालनगरमा बसेको बैठकमा उपसभापति एवं कानून मन्त्री धनराज गुरुङसमेत सहभागी भएका थिए ।
त्यसैगरी डा. कोइरालासँगै महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीद्धय बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित नेताहरु चन्द्रकान्त भण्डारी, डा. मिनेन्द्र रिजाललगायत रहेका थिए ।