शनिबार, मंसिर १६, २०८०

एफएनसीसीआई अध्यक्ष ढकालद्वारा क्षेत्रीय सहकार्यमा जोड


  • माउन्टेन खबर
  • बिहिबार, अशोज ४, २०८०
  • 64
    SHARES

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिले देखिएका बहुआयामिक चुनौतिलाई पार गर्न एशिया प्रशान्त क्षेत्रका मुलुकहरुबिच सहकार्य जरुरी रहेको बताउनुभएको छ । जापानको राजधानी टोकियोमा आयोजित एशियन रोजगारदाता सम्मलेनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले शान्ति र स्थायित्व बिना कुनै पनि समस्या समाधान गर्न सहज नहुने भन्दै सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

एफएनसीसीआईका अध्यक्ष ढकालले दिगो आर्थिक वृद्धि, रोजगारी सिर्जना, श्रम आप्रवासन र सीप विकासलगायत एशिया प्यासिफिक क्षेत्रका साझा लक्ष्यहरु दोहो¥याउँदै, यस क्षेत्रका मुलुक र निजी क्षेत्रबिचको सहकार्य र सवन्वयबाटमात्र यी चुनौतिको सामना गर्न सकिने बताउनुभयो । ढकालले द्रुत डिजिटलाइजेसन र व्यवसाय सञ्चालनमा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)को एकीकरणतर्फ ध्यानाकर्षण गराउनुभयो । उहाँले सम्भावित असमानताहरुलाई न्यूनीकरण गर्न श्रमिकको सीप विकास तथा क्षमता अभिवृद्धि गर्नुपर्ने बताउनुभयो ।

ढकालले आर्थिक वृद्धि, रोजगारी सिर्जना, साना तथा मझौना उद्यमलाई सहयोग, सामाजिक सुरक्षा, सीप विकास तथा सामाजिक सम्वादको सुदृढीकरणमा नेपाल प्रतिवद्ध रहेको समेत बताउनुभयो । नेपालमा लगानीको वातावरण सुधार हुँदै गएको र लगानीको प्रचुर सम्भावना रहेको बताउँदै अध्यक्ष ढकालले दुई ठूला र उदियमान मुलुक, चीन र भारतको बिचमा रहेकोले, नेपालमा बजारको ठूलो सम्भावना रहेको पनि बताउनुभयो । उहाँले नेपालको जलविद्युत, पर्यटन पूर्वाधार विकासको क्षेत्र फस्टाउँदो रहेको र यी क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको बताउनुभयो । आफ्नो भनाइको अन्त्यमा अध्यक्ष ढकालले विकसित विश्वव्यापी समस्यालाई कम गर्न सबैको साथ र सहयोगको लागि समेत अपिल गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }