आइतवार, मंसिर १७, २०८०

वित्तीय अपराधलाई सम्बोधन गर्नेगरी वित्तीय अनुसन्धान ब्युरो स्थपाना गर्नुपर्छः महानिरीक्षक कुँवर


  • माउन्टेन खबर
  • बिहिबार, अशोज ४, २०८०
  • 66
    SHARES

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीले नागरिकमैत्री भएर काम गरिरहेको बताउनुभएको छ ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले नागरिकमैत्री भएर काम गरिरहेको बताउनुभएको हो । उहाँले सिमान्तकृत वर्गप्रति अझ सहज र सेवाग्राहीमैत्री भएर काम गर्ने प्रयत्न गरिएको बताउनुभयो ।

त्यस्तै, प्रहरीले आफ्नो व्यवहार सुधार्दै व्यवसायिक ढंगले काम गरिरहेको उल्लेख गर्नुभयो । महानिरीक्षक कुँवरले हाल दुई वर्षे कार्ययोजना बनाइ १४ वटा लक्ष्य तोकेर काम गरिरहेको पनि स्पष्ट पार्नुभयो । महानिरीक्षक कुँवरले सरुवा मापदण्ड बनाएर प्रहरीको सरुवा गरेसँगै प्रहरीको मनोबल बढेको बताउनुभयो । प्रहरी सरुवामा शक्ति र पहुँच नहुनेहरुले पनि अवसर पाएको उहाँको भनाई छ ।

महानिरीक्षक कुँवरले प्रहरी समक्ष आर्थिक क्षेत्रका उजुरीहरुपनि धेरै आउन थालेको भन्दै यसले प्रहरीलाई समेत समस्या परिरहेको बताउनुभयो । उहाँले वित्तीय अपराधलाई सम्बोधन गर्नेगरी वित्तीय अनुसन्धान ब्युरो स्थपाना गर्नुपर्ने बताउनुभयो । त्यसको निम्ति राज्य गम्भिर हुनुपर्ने उहाँले बताउनुभयो ।

त्यसैगरी बैठकमा बोल्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले डिजिटल कन्सेप्टका साथ सीमा सुरक्षा गर्न बजेट पर्याप्त भएमा सीमानाको सुरक्षा गर्न र राजस्व चुहावटलाई रोक्न सहज हुने बताउनुभयो । उहाँले अन्तर्राष्ट्रिय विमानस्थललाई पनि सीमानाको रुपमा हेर्नुपर्ने बताउनुभयो । अन्तर्राष्ट्रिय विमानस्थलमा सशस्त्र प्रहरी बललाई परिचालित गरेमा तस्करीका कामहरुलाई नियन्त्रण गर्न सकिने उहाँले बताउनुभयो ।

महानिरीक्षक अर्यालले लागुऔषध, सिमा अपराध लगायतका विभिन्न कामहरु सशस्त्र प्रहरीले गर्नुपर्ने भएकाले २६ वटा ऐनमा सशस्त्र प्रहरी बलको भुमिका तोकिनुपर्ने अवस्था रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }