आइतवार, मंसिर १७, २०८०

काँग्रेस महासमितिको बैठक मंसिर १३,१४ र १५ गते काठमाडौंमा गर्ने प्रश्ताव पेस


  • माउन्टेन खबर
  • बिहिबार, अशोज ४, २०८०
  • 69
    SHARES

 

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको पहिलो दिनको बैठकमा एक दर्जन नेताहरुलै आफ्नो धारणा राखेका छन् ।

बिहीवारबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको बैठकमा तीन वटा प्रश्ताव प्रश्तुत भएका हुन् । पहिलो दिनको बैठकपछि बोल्दै नेता मिनबहादुर विश्वकर्माले महासमितिको बैठक मंसिर १३,१४ र १५ गते काठमाडौंमा गर्ने प्रश्ताव आएको पेस भएको बताउनु भयो । उहाँले अहिलेसम्म भए गरेका कामको समीक्षामा महामन्त्री गगनकुमार थापाले समीक्षात्मक प्रतिवेदन प्रश्तुत गर्नुभएको पनि नेता विश्वकर्माले बताउनु भयो । उहाँले कार्यवाहक प्रधानमन्त्री र पार्टीका उपसभापति पूर्णबहादुर खड्काले सरकारको गतिविधिका बारेमा प्रश्तुत गर्नुभएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसको आज बसेको बैठमा सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा तीन वटा प्रश्ताव प्रश्तुत भए । एउटा महासमितिको बैठक जसले नीति महाधिवेशनको समेत काम गर्नेगरी महासमितिको बैठक मंसिर १३,१४ र १५ गते काठमाडौंमा गर्ने प्रश्ताव आएको छ । साथै अहिलेसम्म भए गरेका कामको समीक्षामा महामन्त्री गगनकुमार थापाले समीक्षात्मक प्रतिवेदन प्रश्तुत गर्नुभयो । समसामयिक विषयमा जनतासँग जोडिएका जनताका दैनिक समस्याका विषयमा के कस्तो रहेको छ भनेर कार्यवाहक प्रधानमन्त्री र पार्टीका उपसभापति पूर्णबहादुर खड्काले सरकारको गतिविधिका बारेमा प्रश्तुत गर्नुभयो । आज करिव १ दर्जन वक्ताहरुले धारणा राख्नुभएको छ । बैठक भोलि ११ बजे चल्छ ।’

काँग्रेस कार्यसमितिको बैठक शुक्रवार बिहान ११ बजे पुनः बस्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }