आइतवार, मंसिर १७, २०८०

निरन्तर २५ वर्षसम्म नेपाली आकाशमा यती एयरलाइन्स


  • माउन्टेन खबर
  • बिहिबार, अशोज ४, २०८०
  • 101
    SHARES

काठमाडौं । निजी हवाई सेवा प्रदायक कम्पनी यती एयरले २५ वर्ष पूरा गरेको छ। आन्तरिक हवाई सेवाप्रदायक कम्पनी यती एयरले सन् १९९८ सेप्टेम्बर २१ बाट आन्तिरक हवाई उडान सुरु गरेको थियो।

यतीले सुरुवाती उडान नाइन एन एईभीबाट उडान सुरु गरेको थियो। अहिले यती एयरले पाँच वटा एटीआर जहाज मार्फत आन्तरिक उडान गरिरहेको छ।

पछिल्लो समय यती एयरले लगानी कर्ता भित्र्याउँदै थप जहाज थपेर आन्तरिक उडानलाई झन मजबुत बनाउन योजना बनाएको छ। यतीले थप ३ वटा एटीआर जहाज थप्ने तयारी गरिरहेको छ। आन्तरिक उडानमा यती यात्रु संख्याको आधारमा दोस्रो बजार हिसा ओगट्न सफल एयरलाइन्स हो।

यती एयरको भगनी संस्था तारा एयरले भने दुर्गममा हवाई सेवा प्रदान गरिरहेको छ। यती एयरले भने सुगम क्षेत्रमा सेवा दिँदै आएको छ। यती एयरले अहिले माउन्टेन उडान सहित पोखरा, विराटनगर, भद्रपुर, जनकपुर, भैरहवा र सिमरामा उडान गरिरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }