आइतवार, मंसिर १७, २०८०

टिकटक स्टार खोज्दै नयाँबसपार्कको कान्तिपुर मल


  • माउन्टेन खबर
  • बिहिबार, अशोज ४, २०८०
  • 122
    SHARES

काठमाडौँ । झण्डै दुई दशकदेखि नयाँबसपार्कमा सञ्चालित कान्तिपुर मलले डिजीटल दुनियालाइ अझ फराकिलो बनाउनको लागि चाडपर्वको अवसरमा टिकटक स्टार पुरस्कार योजना सार्वजनिक गरेको छ ।

मलले उक्त योजनामा सरिक हुनको लागि मलको फेसबुक पेजबाट गरिएको विज्ञापनका सामाग्री साभार गरेर वा स्वयम् गएर प्रचार प्रसार हुने सामाग्री बनाएर मलको टिकटक अकाउन्ट कान्तिपुरमलमा ह्यास ट्याग गरि मेन्सन गर्नु पर्ने जनाएको छ ।

उक्त कार्य गर्दा बढी फलो भन्दापनि बढी हेराइ र रोजाइ भएको कन्टेन्टलाइ मान्यता दिइने हुँदा टिकटक खाता भएका आम नेपाली नागरिकले यो योजनामा सरिक हुन आग्रह गरेको छ ।

मलले उत्कृष्ट हेराइको आधारमा प्रथम द्धितिय र तृतिय हुनेलाइ नगद रु १५ हजार, १० हजार र ५ हजार तथा जिन्सि सामाग्री दिने बताएको छ ।

मलका महाप्रबन्धक अमर निरौलाले पछिल्लो समय देशको राष्ट्रिय बसपार्कमा रहेको कान्तिपुर मल आम उपभोक्ताको रोजाईको मल बन्दै आएको बताउनुभयो । कान्तिपुर मलले विगत १६ वर्षदेखि दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी उपहार योजनासमेत सञ्चालन गर्दै आएको छ ।

मलले रु एक हजारभन्दा बढी रकमको सामान खरीद गर्ने ग्राहलाई उपहार योजनाअन्तर्गत प्रथम पुरस्कार १५० सीसीको यमाहा मोटरसाइकल, द्धितीय पुरस्कार ११३ सीसीको यमाहा स्कुटर, तृतीय पुरस्कार ३२ इन्चको डिएचआई स्मार्ट एलईडी टिभी, चौँथो पुरस्कार डिएचआई १८५ लीटरको फ्रिज रहेको छ । यस्तै, डिसहोम फाइवर नेट पाँच जनालाई र विभिन्न पुरस्कार घोषणा गरेको छ ।

उक्त पुरस्कार आगामी मङ्सीर ११ गते खोलेर विजयी घोषणा गरिने महाप्रबन्धक निरौलाले बताउनुभयो । विस २०६४ देखि सञ्चालनमा रहेको कान्तिपुर मलभित्र कपडा, इलेक्ट्रिक, सुविधासम्पन्न रेष्टुरेन्ट, होलसेलका २०० व्यावसायिक सटर सञ्चालनमा छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }