आइतवार, मंसिर १७, २०८०

समाजशास्त्री हरिहर घिमिरेलाई विद्यावारिधीको उपाधी


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज १२, २०८०
  • 203
    SHARES

काठमाडौँ, १२ असोज । समाजशास्त्री हरिहर घिमिरेलाई विद्यावारिधीको उपाधी प्रदान गरिएको छ ।

विगत २० वर्षदेखि पाटन संयुक्त क्याम्पसमा उपप्राध्यापकका रुपमा कार्यरत घिमिरेलाई त्रिभुवन विश्वविद्यालयले विद्यावारिधीको उपाधी प्रदान गरेको हो । उहाँले समाजशास्त्र विषयमा एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित गरिसक्नुभएको छ ।

घिमिरेले विद्यावारिधीका क्रममा ‘चेन्जिङ जेण्डर रोलस् एक्रस जेनेरेशन इन काठमाडौँ’ शीर्षकमा विद्यावारिधी गर्नुभएको थियो । उहाँले विस २०७३ माघदेखि विद्यावारिधीका लागि शोध अनुसन्धान सुरु गर्नुभएको थियो ।

विस २०२४ सालमा चितवनमा जन्मनुभएका घिमिरेले पूर्वी चितवनको पञ्चकन्या माध्यामिक विद्यालयबाट एसएलसी उर्तिण, बालकुमारी बहुमुखी क्याम्पस चितवनबाट आइएल, नेपाल ल क्याम्पस प्रदर्शनीमार्गबाट विएल र त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागबाट स्नातकोत्तर गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }