
काठमाडौँ । साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल आज शनिबार हुँदैछ । उपाधिका लागि आज भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन् ।
फाइनल खेल बेलुका साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । पाकिस्तान पहिलो पटक उमेर समूहको प्रतियोगितामा फाइनलमा पुगेको हो ।
सेमिफाइनलमा पाकिस्तानले भुटानलाई र भारतले नेपाललाई हराएको थियो ।
असोज ४ गतेदेखि काठमाडौँमा शुरु भएको प्रतियोगितामा आयोजक नेपालसहित ६ टोली पाकिस्तान, श्रीलङ्का, भारत, बङ्लादेश र माल्दिभ्सले सहभागिता जनाएका थिए ।