आइतवार, मंसिर १७, २०८०

‘परदेशी–२’को प्रिमियर प्रकाश सपूतको गृहजिल्ला बागलुङमा


  • माउन्टेन खबर
  • शनिबार, अशोज १३, २०८०
  • 109
    SHARES

काठमाडौं । चलचित्र ‘परदेशी–२’को प्रिमियर बागलुङमा गरिएको छ । चलचित्रका अभिनेता प्रकाश सपूतको गृहजिल्ला बागलुङमा शुक्रबार प्रिमियर गरिएको हो ।

प्रिमियरमा उपस्थित दर्शकहरुले चलचित्रले नेपाली समाजको कथा भनेको प्रतिक्रिया दिएका छन् । यस्तै, बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले परदेशको सपना देख्ने आम नेपालीको कथाले आफ्नो मन छोएको बताएका छन् ।

गायक समेत रहेका अभिनेता प्रकाश सपूतले आफ्नै जन्मठाउँमा जिल्लाबासीसँग बसेर चलचित्र हेरिरहँदा फरक अनुभूति भएको बताए । उनले चलचित्रमा आफ्नो इन्ट्री हुँदा दर्शकबाट आएको ‘हुटिङ’ले पुराना दिन सम्झाएको बताए ।

यस्तै, अभिनेत्री केकी अधिकारीले राजधानीबाहिरको प्रियिमरमा सहभागी हुन पाउँदा फरक अनुभूति भएको बताइन् । प्रदर्शनको दुई साताअघि प्रिमियर हुँदै गर्दा ‘नर्भस’ महसुस भए पनि चलचित्र हेरिसकेपछि सबैको सकारात्मक प्रतिक्रियाले खुसी लागेको उनले बताइन् ।

त्यसैगरी, निर्देशक नारायण रायमाझीले चलचित्र दर्शकलाई मन छुने बनेको भन्ने प्रिमियरपछि महसुस गरेको बताए । “आफ्नो चलचित्रलाई आफैले मूल्यांकन गर्न सकिँदैन । तर दर्शकको बीचमा बसेर चलचित्र हेरिरहँदा रमाइलो पनि उत्तिकै भयो । सबैलाई मन छुने चलचित्र बनेको रहेछ भन्ने महुुस भयो ।”

असोज २६ गतेबाट प्रदर्शन हुन लागेको चलचित्रले युवापुस्तामा बढ्दो विदेश मोहको कथा रहेको छ । रमेश बिजीको कथा एवं पटकथा लेखन रहेको चलचित्रमा प्रकाश र केकीसँगै वर्षा शिवाकोटी, प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, रमा थपलियालगायत कलाकारको अभिनय छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }