आइतवार, मंसिर १७, २०८०

माल्दिभ्स विरूद्ध रोहितको अर्धशतक, माल्दिभ्सलाई २१३ रनको लक्ष


  • माउन्टेन खबर
  • आइतवार, अशोज १४, २०८०
  • 57
    SHARES

काठमाडौं । नेपालले माल्दिभ्स विरूद्धको टी२० क्रिकेट खेलमा शानदार प्रदर्शन गरेको छ । चीनको हाङझाउमा जारी एसियाड क्रिकेट अन्तरगतको खेलमा नेपालले सुरूमा विकेट गुमाए पनि समग्रमा माल्दिभ्स विरूद्ध विशाल स्कोर खडा गरेको छ ।

नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । नेपाली प्रारम्भिक जोडीले खासै राम्रो सुरूवात गर्न सकेका थिएनन् ।

नेपालले २० ओभरको खेलमा सात विकेट गुमाएर २१२ रन बनाएको छ ।

कुशल भुर्तेलले ३५ रन बनाएर बाहिरिएका थिए भने आसिफ सेखले ६ रनमै चित्त बुझाउनु परेको थियो । यसैगरी विनोद भण्डारीले १३ तथा सन्दीप जोराले ५ रन जोडेका थिए । सुरुमै चार विकेट गुमाएपछि धर्मराएको नेपाली टोलीलाई कप्तान रोहित पौडेल र गुल्सन झाले सम्हालेका थिए ।

रोहितले कप्तानी पारी खेल्दै अर्धशतक बनाएका छन् । उनले २६ बलमै अर्धशतक बनाएका थिए । उनी ५२ रन बनाउँदै रनआउट भएका थिए ।

तर गुल्सन झा पनि ३५ रन बनाएर आउट भएका थिए । त्यसपछि क्रिजमा कुशल मल्ल आएका थिए । मल्लले खेलको अन्त्यतिर २० बलमै ४७ रन बनाएर नेपालको स्कोर उच्च बनाउन महत्वपूर्ण योगदान दिएका थिए । उनले ३ चौका र २ छक्का प्रहार गरेका थिए ।

स्कोरबोर्डः

कुशल भुर्तेलः ३५ रन

आसिफ सेख: ६
विनोद भण्डारी: १३
सन्दीप जोरा: ५
गुल्सन झा: ३५
रोहित पौडेल: ५२
कुशल मल्ल: ४७
दीपेन्द्र सिं ऐरी: ६
सोमपाल कामी: १

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }