आइतवार, मंसिर १७, २०८०

१० वर्षमा सरकारको औसत पूँजीगत खर्च ६६.५ प्रतिशत मात्र


  • माउन्टेन खबर
  • सोमवार, अशोज १५, २०८०
  • 118
    SHARES

काठमाडौं । पछिल्लो १० वर्षको वार्षिक औसत सरकारी खर्च विनियोजित वजेटको ८०.२ प्रतिशत र पुँजीगत खर्च भने विनियोजित पुँजीगत बजेटको ६६.५ प्रतिशत मात्र रहेको पाइएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनले यस्तो देखाएको हो ।

पछिल्लो ३ वषिको मासिक संघीय सरकारी खर्चको स्थिति (रू. करोडमा)

विनियोजित बजेटको ठूलो हिस्सा खर्च हुन नसकि पूँजी निर्माणमा समेत असर पर्न गएको र तद्अनुरुपको प्रभाव आय, उत्पादन तथा रोजगारी वृद्धिदरमा समेत पर्ने गरेको छ। तसर्थ, सार्वजनिक खर्चको प्रभावकारिता अभिवृद्धि गर्न वित्त अनुशासन, विनियोजन दक्षता र कार्यान्वयन दक्षतामा सुधार गर्नुपर्ने अवस्था छ। त्यसैगरी, खर्च गर्ने क्षमताको आधारमा बजेटको आकार तय गर्नुपर्ने देखिएको प्रतिवेदनले औंल्याएको छ ।

पछिल्लो ५ वर्षको मासिक पूँजीगत खर्चको स्थिति (रु. करोडमा)

 

सार्वजनिक खर्च क्षमतामा सुधारको लागि आर्थिक वर्ष शुरु हुनु अगावै वार्षिक बजेट ल्याउने संवैधानिक व्यवस्था रहे पनि आर्थिक वर्षको अन्तिम महिनामा गएर मात्र खर्च अधिकेन्द्रित हुने अवस्था हालसम्म पनि कायमै रहेको छ। आर्थिक वर्ष २०७९/८० को पुँजीगत खर्चको कुल भूक्तानीमध्ये असार महिनामा मात्र ३४.५ प्रतिशत भुक्तानी भएको छ। आर्थिक वर्षको अन्त्यतिर गएर अधिक भुक्तानी हुने प्रवृत्तिले आर्थिक वर्षको अन्त्यतिर सरकारको कोष व्यवस्थापनमा बढी चाप पर्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }