आइतवार, मंसिर १७, २०८०

संविधानको व्यवस्था अनुरुप नै जिल्ला न्यायाधीश नियुक्त भएका हुन : कानूनमन्त्री गुरुङ


  • माउन्टेन खबर
  • सोमवार, अशोज १५, २०८०
  • 48
    SHARES

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले संविधानको व्यवस्था अनुरुप नै जिल्ला न्यायाधीशहरु नियुक्त गरिएको बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले जिल्ला न्यायाधीशहरुको नियुक्ति संविधानको व्यवस्था अनुरुप गरेको बताउनुभएको हो ।

केही दिनअघि जिल्ला न्यायाधीश नियुक्त भएकाहरु न्याय सेवा आयोगले लिएको परीक्षा उत्तिर्ण हुन नसकेकाहरु पनि परेका भन्दै समिति बैठकमा सांसदहरुले विरोध जनाएका थिए । सांसदहरुले न्याय परिषद् र न्याय सेवा आयोगलाई नै समिति बैठकमा बोलाएर यसबारे छलफल गर्नुपर्ने बताएका थिए ।

सोही कुराको जवाफ दिँदै मन्त्री गुरुङले संविधानको धारा १४९ को उपधारा(२)(क) बमोजिम न्यायाधीशहरुको नियुक्तिका लागि सिफारिस गरिएको बताउनुभएको हो । उहाँले न्यायाधीश नियुक्तिमा न्याय परिषद् र न्याय सेवा आयोगले संविधानका बिरुद्धमा काम नगरेको स्पष्ट पार्नुभयो । उहाँले समितिले न्याय परिषद् र न्याय सेवा आयोगसँग पनि छलफल गर्नसक्ने बताउनुभयो ।

मन्त्री गुरुङले सम्पत्ति शुद्धीकरण(मनि लाउण्डरिङ) सम्बन्धि विधेयक संसदबाट पारित गर्न ढिलो भइसकेको बताउनुभयो । उहाँले उपसमिति बैठकमा संशोधनकर्ता सांसदहरु नै अनुपस्थित भएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले सांसदहरुको पहिलो प्राथमिकता कानून निर्माण गर्ने भएको उल्लेख गर्दै कुनैपनि बहानामा यस कामलाई नपन्छाउन आग्रह गर्नुभयो । मन्त्री गुरुङले सांसदहरु जिल्ला गएकोप्रति लक्षित गर्दै जिल्ला घुम्नेले जिल्ला समन्वय समितिको संयोजक अथवा उपसंयोजक बन्ने हो भनि टिप्पणी गर्नुभयो ।

कानून, न्याय तथा मानव अधिकार समितिको बैठकले सम्पति शुद्धीकरण(मनी लाउण्डरिङ) निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्न गठित उपसमितिको म्याद ७ दिनका लागि थप गरेको छ । ७ दिनपछि उपसमितिले समिति समक्ष प्रतिवेदन पेश गर्ने र केही दिन समितिमा दवाफार छलफल गरी संघीय संसदमा पठाइने गरी तयारी गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }