आइतवार, मंसिर १७, २०८०

एमाले कोशीमा मतगणना जारी


  • माउन्टेन खबर
  • सोमवार, अशोज १५, २०८०
  • 49
    SHARES

काठमाडौँ- नेकपा (एमाले) कोशीमा मतगणना जारी छ। सोमबार साँझ ५ बजेदेखि मतगणना सुरु भएको थियो । ७ स्थानबाट मतगणना सुरु भएको छ। ९ सय ९७ जना प्रतिनिधि रहेको प्रदेश अधिवेशनमा ९ सय ७७ मत खसेको थियो। अधिवेशनमा ३५ स्थानमा मतदान भएको थियो।

अधिवेशनमा अध्यक्षका लागि दुई नेता विनोद ढकाल र घनश्याम खतिवडाबीच चुनावी प्रतिस्पर्धा भएको थियो। मतदान आज बिहान ५ बजे सकिएको थियो।

अधिवेशनबाट ५ पदाधिकारीसहित २१५ सदस्यीय समिति निर्माण हुनेछ। त्यसका लागि ४ सय ५० जनाको उम्मेदवारी परेको थियो। उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध चयन भइसकेका छन्।

सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामाबीच प्रतिस्पर्धा छ। दुई जना उपसचिवमा झापाकी जलवर्षा राजवंशी, मोरङका खेमराज नेपाली, खोटाङका देवान राईबीच प्रतिस्पर्धा छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }