शनिबार, मंसिर १६, २०८०

पर्यटक आगमन सहज तुल्याउन होटल सङ्घको आग्रह


  • माउन्टेन खबर
  • सोमवार, अशोज १५, २०८०
  • 78
    SHARES

काठमाडौं ।  होटल संघ नेपालका अध्यक्ष विनायक शाहको नेृतृत्वमा संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको प्रतिनिधिमण्डलले अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङसँग भेट ग¥यो ।

उक्त अवसरमा कोभिडकोपछिको पर्यटन आगमनमा केही वृद्धि देखिएको सन्दर्भमा पर्यटकहरुको नेपाल भ्रमण प्रतिको आकर्षण बढाउन र सीमानाका लगायत विमानस्थल अध्यागमनमा गरिनुपर्ने सुधार, सेवा प्रवाह, तालिमलगायतका विषयहरुमा गहन छलफल भयो ।

छलफल पश्चात प्रतिनिधिमण्डलले राखेका जिज्ञासा तथा सुझावहरुप्रति यसबारे महानिर्देशक तामाङले सकारात्मकता दर्शाउँदै संयुक्त पहल कदमीमार्फत अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

यसैगरी उक्त प्रतिनिधिमण्डलले पर्यटन विभागका महानिर्देशक चक्रबहादुर बूढासँग भेटघाट गरी मुलुकमा आतिथ्यता क्षेत्रमा बढ्दो लगानीलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रय तथा अन्तर्राष्ट्रिय पर्यटकहरुको नेपाल बसाई सुखद, विश्वसनीय र सुरक्षित बनाउन संघबाट जिल्लामा अवस्थित होटल तथा रिसोर्टहरुका लागि तयार गरिएका न्यूनतम मापदण्डका साथै तारे होटलहरुको स्तर वर्गिकरण मापदण्ड २०७७ मा समेत केही संशोधन प्रस्तुत ग¥यो ।

 महानिर्देशक बूढाले उक्त सुझावहरुलाई समय सापेक्ष बनाईने र निरन्तर संवाद र छलफलमार्फत व्यवसायिक माग सम्बोधन गर्न आवश्यक पहलकदमी हुने प्रतिवद्धता समेत व्यक्त गर्नुभ्यो ।

उक्त प्रतिनिधिमण्डलमा संघका वरिष्ठ उपाध्यक्ष प्रविणबहादुर पाण्डे, महासचिव साजन शाक्य, कोषाध्यक्ष युवराज श्रेष्ठ तथा कार्यसमिति सदस्य अश्लेषा कार्कीले उपस्थिति जनाई आ–आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }