आइतवार, मंसिर १७, २०८०

गोंगबु बसपार्कमा निःशुल्क स्वास्थ्य शिविर


  • माउन्टेन खबर
  • सोमवार, अशोज १५, २०८०
  • 70
    SHARES

काठमाडौँ । सडक सुरक्षा तथा सचेतना कार्यक्रमअन्तर्गत काठमाडौंको गोंगबुु बसपार्कमा निःशुल्क स्वास्थ्य शिविर भएको छ ।

प्रहरी वृत्त नयाँ बसपार्क, लोत्से बहुउद्देश्यीय प्राईभेट लिमिटेडको आयोजना र ओम चावहिल डेण्टल हस्पिटल चावहिल कोटेश्वरकोसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षण भएको हो । चाडपर्व नजिकिँदै गर्दा बस पार्कमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले सवारी चालक र सहचालकको निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइएकोे बताउनु भयो । उहाँले नयाँ बसपार्क राष्ट्रिय बसपार्क समेत भएकाले धेरै यात्रुहरु भित्रिने र जाने क्रम हुने भन्दै चालकको स्वास्थ्य अवस्था थाहा पाउन नाक, कान, घाँटी, आँखा र दाँत परीक्षण गरिएकोे बताउनु भयो ।

प्रहरी नायव महानिरीक्षक पोखरेलले भन्नुभयो, ‘आईरहेको चाडपर्व र सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम एक हप्ता मनाएका थियौं । त्यो हिसावले नयाँ बस पार्कमा सवारी चालक र सहचालकहरुलाई मध्यनजर गर्दै स्वास्थ्य शिविरको आयोजना गरीएको हो । नयाँ बसपार्क राष्ट्रिय बस पार्क पनि हो । यहाँ नाक, कान, घाँटी, आँखा र दाँतलाई फोकस गरेर निःशुल्क उपचार गरिएको छ । ’

त्यस्तै नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले ट्राफिक सप्ताहको अवसरमा दुर्घटना न्युनिकरणका लागि चालक र सहचालकलाई स्वास्थ्य परीक्षण गरिएको बताउनु भयो । उहाँले लाखौँ नागरिकलाई मेची—महाकाली पुर्याउनुपर्ने दायित्व चालक र सहचालकको भएको भन्दै उहाँहरुको स्वास्थ्य परीक्षण गरिएको जानकारी दिनुभयो । उहाँलेसवारी र चालक जहिलेपनि स्वस्थ हुुनुपर्ने बताउनु भयो ।

महासंघका वरिष्ठ उपाध्यक्ष सिटौलाले भन्नुभयो, ‘ट्राफिकहरुको सप्ताह चलिरहेको छ । आज रचनात्मक ढंगबाट राष्ट्रिय बसपार्कमा स्वास्थ्य शिविरको आयोजना गरिएको हो । महान पर्व दशैँ,तिहार, छट लगायतका पर्व आइरहेका छन् । लाखौँ नागरिकलाई मेची—महाकाली पुर्याउनुपर्ने दायित्व पनि छ । सवारी दुर्घटना न्युनिकरण गर्ने दुई वटा पाटो छ ।

चालक र सहचालक स्वस्थ हुनुपर्छ र,सवारी चुस्त दुरुस्त हुनुपर्छ । चार पाँच सय जना चालक, सह चालकलाई परीक्षण गर्ने र तत्काल थप उपचार पनि गर्न सकिन्छ भनेर पनि कार्यक्रम भएको हो । अहिले तत्काल स्वास्थ्य परीक्षण गरेर केही कमी कमजोरी निस्कियो भने थप उपचार गर्न पनि सहज हुन्छ । सवारीका लागि यान्त्रिक चेकजाँच पनि हुनेछ । सवारी र चालकलाई स्वस्थ बनाउनु पर्छ । ’

ट्राफिक सप्ताह अन्तर्गत निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }