आइतवार, मंसिर १७, २०८०

म्याद सकिएका बियर बेच्नेलाई २ लाख रुपैयाँ जरिवाना


  • माउन्टेन खबर
  • सोमवार, अशोज १५, २०८०
  • 99
    SHARES

काठमाडौं । काठमाडौं महानगरपालिकाले म्याद गुज्रिएका बियर वितरण गर्ने भीम स्टोरलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । वडा नं. २६ ठमेलमा रहेको गामबेँसी दोहोरी साँझमा पुगेका उपभोक्ताले कार्लबक्स वियरमा स्वाद नभएको पाएपछि मिति हेरेका थिए । कृषि तथा पशुपंक्षी विभागका प्रमुख एवं खाद्य निरीक्षक डा.अवधेश झाका अनुसार उपभोक्ताले म्याद सकिएको बियर खरिद गरेर, अवस्थाका विषयमा जानकारी गराएका थिए ।

उपभोक्ताले गुनासो महानगरमा आइपुग्यो । महानगरको अनुगमन टोली दोहोरी साँझमा पुग्यो । दोहोरी साँझ सञ्चालकका सञ्चालकले वियर पठाउने वितरक न्यू भीम स्टोरमा पुर्याए । स्टोरबाट सामान सप्लाइ हुने जोशी सप्लायर्स हुँदै टोली त्यहाँ पुगेको थियो ।

आइतबार अनुगमन टोलीले स्टोरको अनुगमन गर्यो । स्टोरको तल्लो तलामा अनुगमन गर्दा म्याद सकिएका सामान थिएनन । अनुगमन टोलीले सोधेको प्रश्नमा अक्मकिएका थिए । टोलीले अर्को स्टोर देखाउन भन्यो । उनले अर्को ठाउँमा नभएको बताए । टोली फर्कियो तर निगरानी गरिरह्यो । सोमबार उनको घरको माथिल्लो तलामा स्टोर भएको पत्ता लगाएर अनुगमन टोलीले त्यस ठाउँमा भएका सामान हेर्यो । यहाँ म्याद गुज्रिएका वियरहरु थिए । अनुगमनमा भएका क्रियाकलापका विषयमा जानकारी दिँदै डा. झाले भन्नुभयो, ‘झुटो विवरण दिएको । म्याद सकिएका वियरलाई म्याद भएका वियरसँग मिसाएर विक्री गरेको पाइए पछि २ लाख रुपैयाँ जरिवाना गरेका हौँ ।’

अहिले स्टोरका सञ्चालक मानन्धरले, आफ्नो माथिल्लो स्टोरमा म्याद सकिएका ३४ केस सानमिगलका क्यान बियरसहित टुवोर्ग र गोरखा वियर रहेको स्वीकार गरेका छन् । उनले भनेका छन्, म्याद सकिएका बियर फिर्ता लैजान ७ महिनादेखि कम्पनीलाई भनिरहेको छु । तर फिर्ता लगेको छैन । उनले भनेका छन्, अब उप्रान्त म म्याद नहेरी सामान बजारमा पठाउँदिन ।

यस विषयलाई अनुगमन टोलीले कसरी निगरानी गर्छ ? प्रश्नको उत्तरमा निरीक्षण अधिकृत झा भने, ‘जरिवाना तिराएर हाम्रो दायित्व सकिएको छैन । वितरकले भनेअनुसार कम्पनीले ७ महिनादेखि किन सामान फिर्ता लगेन ? यो विषयलाई टुङ्गोमा पुर्याउँछौँ ।’

गामबेँसी दोहोरीका सञ्चालक सञ्जय श्रेष्ठले, यसपछि मिति हेरेर मात्र सामान विक्री गर्ने, स्टोरका सञ्चालक मानन्धरले, मिति गुज्रिएका सामान बजारमा नपठाउने प्रतिवद्धता गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }