आइतवार, मंसिर १७, २०८०

विश्वकप फाइनल : भारतद्वारा अष्ट्रेलियालाई २४१ रनको लक्ष्य


  • माउन्टेन खबर
  • आइतवार, मंसिर ३, २०८०
  • 30
    SHARES

काठमाडौँ । एकदिवसीय क्रिकेट विश्वकप अन्तर्गत भारतले अष्ट्रेलियालाई २४१ रनको लक्ष्य दिएको छ । अहमदाबादस्थित नरेन्द्र कमेदी स्टेडियममा जारी फाइनल खेलमा टस जितेर पछिले ब्याटिङ थालेको भारतले ५० ओभरमा १० विकेटको क्षतिमा २४० रन जोड्यो ।

भारतका लागि केएल राहुलले १०७ बलमा ६६, विराट कोहलीले ६३ बलमा ५४, रोहित शर्माले ३१ बलमा ४७, सूर्यकुमार यादवले २८ बलमा १८ रन तथा कुलदीप यादवले १८ बलमा १० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ अष्ट्रेलियाका लागि मिचेल स्टार्कले तीन, जोस हेजलवुड र प्याट कमिन्सले दुई–दुई विकेट लिए भने ग्लेन म्याक्सवेल र एडम जाम्पाले एक–एक सफलता हात पारे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }