आइतवार, मंसिर १७, २०८०

काठमाडौं प्रशासनले महेश बस्नेत र दुर्गा प्रसाईंलाई एकै ठाउँमा कार्यक्रम गर्न नदिने


  • माउन्टेन खबर
  • सोमवार, मंसिर ४, २०८०
  • 34
    SHARES

काठमाडाैं। मेडिकल व्यवसायी दुर्गा प्रसाईँ र नेकपा (एमाले) को भ्रातृ संगठन युवा संघ नेपालले एकै दिन प्रदर्शनकाे कार्यक्रम राखेपछि दुवै पक्षलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले छलफलका लागि बोलाएको छ।

सोमबार अपराह्न ४ बजे एमालेका नेता महेश बस्नेत पक्ष र दुर्गा प्रसाईं पक्षसँग प्रशासनले छलफल गर्न लागेको हो।

बस्नेत इन्चार्ज रहेको एमालेको भ्रातृ संस्था युवा संघ र मेडिकल व्यवसायी प्रसाईं पक्षले मंसिर ७ गते काठमाडौंमा कार्यक्रम गर्न लागेका छन्। पछिल्लो समय बस्नेत र प्रसाईंबीच विभिन्न विषयलाई लिएर आरोप-प्रत्यारोप चलिरहेको छ।

प्रशासनले दुवै पक्षसँग छलफल गरी कार्यक्रम गर्ने स्थानसमेत तोक्ने तयारी गरेको छ। दुवै पक्षले माइतीघर मण्डला क्षेत्रमा कार्यक्रम गर्ने तयारी गरेका छन्।

‘दुवै पक्षलाई छलफलका लागि बोलाएका छौं,’ प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, ‘एकै स्थानमा कार्यक्रम गर्न दिँदैनौं।’

युवा संघले ‘सरकार र अराजकतावादीविरूद्ध युवा-विद्यार्थीको शक्ति प्रदर्शन’ कार्यक्रम माइतीघर मण्डलमा राखेको छ। यस्तै प्रसाईंले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान’ भन्दै कार्यक्रम गर्न लागेका छन्।

सुरक्षा निकायले प्रसाईँको आन्दोलनसँगै युवा संघको कार्यक्रमले झडपको स्थिति ल्याउन सक्ने आकलन गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }