शनिबार, मंसिर १६, २०८०

काठमाडौं–सांघाई–काठमाडौं उडान सुरु गर्दै हिमालय एयरलाइन्स


  • माउन्टेन खबर
  • सोमवार, मंसिर ४, २०८०
  • 49
    SHARES

काठमाडाें। हिमालय एयरलाइन्सले चीनकाे सांघाईमा सिधा उडान सुरू गर्ने भएकाे छ । चीनमा आफ्नो उडान विस्तार बढाउँदै नेपाल र चिनियाँ लगानीको हिमालय एयरलाइन्सले काठमाडौं–सांघाई–काठमाडौं उडान सुरु गर्न लागेको हो।

हिमालय एयरलाइन्सका अनुसार डिसेम्बर २ बाट नियमित उडान सुरु गर्ने जनाएको छ। एयरलाइन्सले काठमाडौं–संघाई उडान नेपाल र चीनबीच कनेक्टिभीटी बढाउने सहयोग पुग्ने बताएको छ।हिमालयले सुरुमा हप्ताको एक उडान गर्ने र डिसेम्बर २७ पछि हप्ताको २ उडान गर्ने जनाएको छ। हरेक बुधबार र शनिबार उडान गर्ने छ।

हिमालय एयरलाइन्सको सांघाई उडानले नेपाललाई विश्वको दोस्रो ठूलो आर्थिक केन्द्रसँग सिधै जोडेको छ, जसबाट नेपालले आर्थिक तथा व्यावसायीक लाभि लिन सक्नेछ।

कम्पनीले हाल बेइजिङ र क्विङडाओमा नियमित उडान गरिरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }