आइतवार, मंसिर १७, २०८०

अर्थतन्त्रबारे छलफलः अर्थतन्त्रका समस्या छिटो समाधान गर्न जोड


  • माउन्टेन खबर
  • सोमवार, मंसिर ४, २०८०
  • 26
    SHARES

काठमाडौं । सरकारले अर्थतन्त्रको समस्यालाई छिटो, छरितो रुपमा समाधान गर्नेबारेमा छलफल गरेको छ ।

सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा प्रधानमन्त्री पुृष्पकमल दाहाल, अर्थमन्त्री डा. प्रकाशशरण महत, गभर्नर महाप्रसाद शर्मा लगायतका सम्बन्धित पदाधिकारीहरुसँग छलफल गरी अर्थतन्त्रका वर्तमान समस्या छिटो समाधान गर्नुपर्नेमा जोड दिइएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको समस्या छिटो र छरितो रुपमा समाधान गर्ने बारेमा छलफल भएको बताउनु भयो । उहाँले अर्थतन्त्रलाई अझ चलायमान गर्नको लागि सुझाव लिन मंगलवार सिंहदरबारमा पुनः बैठक बस्ने पनि बताउनु भयो । उहाँले बैठकमा आफूले आन्तरिक संरचनाका उपलब्धि, चुनौति र कार्यदिशा प्रश्तुत गरेको बताउनु भयो । उहाँले अर्थतन्त्रका बारेमा प्रधानमन्त्री र गभर्नरले पनि आफ्ना धारणा राख्नुभएको र मंगलवारको बैठकमा निजी क्षेत्रसँग पनि छलफल हुने बताउनु भयो । उहाँले देशको अर्थतन्त्रले लय समातिरहेको र वाह्य विप्रेषण, पर्यटक आगमन, शोधनान्तरको स्थितिमा राम्रो हुँदे गएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अर्थतन्त्रको समस्या जुन छन् ती समस्यालाई पनि कसरी समाधान गर्ने भन्ने बारेमा छलफल भयो । कसरी छिटो र छरितो रुपमा समाधान गर्न सकिन्छ, त्यसबारेमा पनि आन्तरिक रुपमा छलफल ग¥यौँ । साथै समग्र अर्थतन्त्रलाई अझ चलायमान गर्नको लागि अरु के सुझाव, सल्लाह लिनसकिन्छ त्यो पनि गरौँ भनेर भोलि २ बजे प्रधानमन्त्री कार्यालयमा बैठक राखिएको छ । त्यसमा निजी क्षेत्र र विज्ञहरुको सुझाव लिने भन्नेबारेमा छलफल हुनेछ । आज आन्तरिक संरचनामा के उपलब्धि भयो, के चुनौति र कार्यदिशा करी अघि बढीरहेको छ भन्नेबारेमा मैले आफ्नो कार्यदिशा प्रश्तुत गरेँ । गर्भनर र अन्य सम्बन्धित पक्षले कुरा राख्नुभयो । प्रधानमन्त्रीले पनि कुरा राख्नुभयो । समग्रमा हाम्रो अर्थतन्त्रले लय पक्डिँदै गरेको छ । वाह्य विप्रेषण पर्यटक आगमन, शोधनान्तरको स्थितिमा हामी बेस्ट सिच्वेशनमा छौँ । आन्तरिकतर्फ केही शिथिलता थियो, त्यसमा पनि छलफल भयो । अर्थतन्त्रलाई अझ चलायमान बनाउन गर्ने कुरामा अझै समय लाग्छ, चुनौति छ । तर छिटो भन्दा छिटो चलायमान बनाएर रोजगारी कसरी सिर्जना गर्ने भन्ने बारेमा छलफल भयो । ऋण लिएकाहरुले ऋण तिर्नुपर्छ । तर त्यसलाई कसरी सहज र समय दिने भन्ने बारेमा छलफल गरेका छौँ ।’

अर्थमन्त्री महतले अर्थतन्त्र छिटो भन्दा छिटो चलायमान बनाएर देशमा थप रोजगारीका अवसर सिर्जना गर्ने भन्नेबारेमा पनि छलफल भएको बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }