बिहिबार, साउन ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

टुकी नेपाल समाजद्धारा धादिङका २० विद्यालयका २०० विद्यार्थीलाई छात्रावृत्ति (तस्बिरसहित)


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ ३०, २०८१
  • 71
    SHARES
धादिङ । टुकी नेपाल समाजद्धारा धादिङ जिल्लाका विभिन्न २० विद्यालयका २०० विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरेको छ ।
सन् २००५ देखि शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको समाजले मंगलबार धादिङका २० स्कुल तथा कलेजमा अध्ययनरत विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरेको हो ।
समाजका अध्यक्ष एवम् नेपाल पर्यटन वोर्ड सञ्चालक समितिका उपाध्यक्ष रामप्रसाद सापकोटा (कमल)ले शैक्षिक सत्र २०८१÷०८२ का लागि विद्यार्थीलाई छात्रावृत्ति प्रदान गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार धादिङको प्रकाश मावि, महेन्द्र मावि, चण्डेश्वरी मावि, स्थानापति मावि, कुमारीदेवी मावि, मञ्जुश्री मावि, शंकादेवी मावि, सरस्वती मावि, अने मावि, निरञ्जना मावि र मंगलादेवी माविका विद्यार्थी रहेका छन् ।
यस्तै, चण्डेश्वरी आधारभूत विद्यालय, जनभावना आधारभूत विद्यालय, लामास्थान आधारभूत विद्यालय, अन्नपूर्ण आधारभूत विद्यालय, गोलाभञ्याङ आधारभूत विद्यालय, कमलादेवी आधारभूत विद्यालय, वेदव्यास आधारभूत विद्यालय, जनज्योती आधारभूत विद्यालय र निमाचोक आधारभूत विद्यालयमा अध्ययरत विद्यार्थी छन् ।
अध्यक्ष सापकोटाले उक्त विद्यालयमा अध्ययरत छात्रा तथा छात्रालाई पढ्नका लागि छात्रावृत्ति, पोशाक, कपी र कलम प्रदान गरिएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }