शुक्रबार, साउन ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

निर्वाचन आयुक्त पदमा कृष्णमान प्रधान सिफारिस


  • माउन्टेन खबर
  • आइतवार, असार २, २०८१
  • 63
    SHARES

काठमाडौँ, २ असार : संवैधानिक परिषद्को बैठकले निर्वाचन आयोगको रिक्त आयुक्त पदमा कृष्णमान प्रधानलाई सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गर्ने निर्णय गरेको प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले राससलाई जानकारी दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा भएको बैठकमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभामुख इन्दिरा राना र मुख्यसचिव डा वैकुण्ड अर्याल सहभागी हुनुहुन्थ्यो ।

निर्वाचन आयुक्त सिफारिस हुनुभएका प्रधान नेपाल कानुन समाजका कार्यकारी निर्देशक हुनुहुन्छ । अब संसदीय सुनुवाइपछि उहाँ आयुक्त पदमा नियुक्ति हुनुहुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }