शुक्रबार, साउन ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

विवश जिन्दगी


  • माउन्टेन खबर
  • सोमवार, असार ३, २०८१
  • 507
    SHARES

– खगेन्द्रसिंह धामी

जन्मदै आँसुका थोपाहरूबाट जिन्दगीको सुरुवात भयो
कहिले खुसीमा त कहिले दुःखमा आँसुहरूको साथ भयो
लड्दै उठ्दै गरेको ती बालपनका अपरिचित पलहरु
खेलाउना झैँ लाग्थे बाआमाले ल्याइदिएका फलहरू
तर
जन्मसँगै संघर्षका मैदानहरू जन्मने रहेछन्
बिस्तारै जिन्दगीका पाइलाहरू लम्कने रहेछन्
बालपनमा सबैको साथ रमाइलो रहेछ जिन्दगी
सबैको हात हातमा घमाइलो रहेछ जिन्दगी
जहाँ
हजारौं गल्तीहरू भएपनि माया पाइरहने
सबैको प्यारो बनेर हात हातमा समाइरहने
सुधारको लागि कहिले पिटाई खाए पनि
फरक पर्थेन फाटेको लुगा लगाए पनि
तर आज
धेरै बसन्तहरू पार गरेर जीवन जिउँदै गर्दा
विभिन्न समस्याहरू सियोले सिउँदै गर्दा
बालपन जस्तो रहेन यो जिन्दगी अब
शारीरिक र मानसिक रुपमा परिपक्व भयो जब
त्यसैमा
थरीथरीका समस्या र चुनौतीका पर्खालहरू थपिँदै गए
बालपनका माया दिइरहने हातहरू पनि टाढिँदै गए
आज संघर्षपूर्ण जीवनको दौरानमा एक्लै लड्नु परेको छ
जीवनको अगाडि ठिङ्ग उभिएका चट्टानहरू तोड्नु परेको छ
जहाँ
न समय हुन्छ न समयले समयमै सिकाउने गर्छ
नबिज्ने काँडाले पनि यो दिल सधैँ दुखाउने गर्छ
आजकल कतिपय रुचि र चाहनाहरू राखेर बन्दकी
कष्टपूर्ण सङ्घर्षको दौरानमा विवश छ जिन्दगी
तर
जिन्दगीको परिभाषा खोज्यो भेटिँदै भेटिँदैन
सम्बन्धको इतिहास लेख्न खोज्यो लेखिँदै लेखिँदैन
बालपनमा माफी तर अहिले चुनौतीको पहाड बन्छ
हिजो आँसु पुछिन्थे तर आज महासागर बग्छ
त्यसैले
महासागरको गन्तव्य पहिचानमा विवश रहेको छ जिन्दगी
कहिले डुब्दै कहिले तैरिँदै चल्न त चलेको छ जिन्दगी
सहयोग लिएकाहरू प्रतिस्पर्धी र प्रतिकारमा उत्रन्छन्
केही सम्बन्धहरू ओइलिन्छन् केही मात्र फक्रन्छन्
तर
विश्वास भित्र कसरी अविश्वास अट्न सक्छ ए जिन्दगी
चुनौतीका पर्खालहरू कसरी ढाल्न सक्छ ए जिन्दगी
आँसुको पर्खाल होइन यहाँ तलाउ पो बन्दो रहेछ
विश्वास लियो भने खडेरीमा पनि फूल फुल्दो रहेछ।
आज
विद्यमान परिस्थिति सँग जुधेको यो जिन्दगी
खडेरीको बालुवामा पुगेको यो जिन्दगी
फल्न फुल्न त सक्ला या नसक्ला सधैंभरि
विश्वासै विश्वासको आडमा बस्न सक्ला सधैंभरि।
त्यसैले यो जिन्दगी विवश जिन्दगी
सधैँ सधैँको लागि विवश जिन्दगी ।।।।।।

(लेखक : टोखा नगरपालिकाका शिक्षा अधिकृत हुनुहुन्छ ।)

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }