शुक्रबार, साउन ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

दक्षिणी रुसको तेल भण्डारमा ड्रोन आक्रमण


  • माउन्टेन खबर
  • मङ्लबार, असार ४, २०८१
  • 44
    SHARES

एजेन्सी ।  दक्षिणी रुसको अजोभ सहर नजिकै मङ्गलबार राति तेल भण्डारण ट्याङ्कीहरूमा ड्रोन आक्रमणमा हुँदा ठूलो आगलागी भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

युक्रेनले उक्त आक्रमणमा आफ्नो संलग्नता नरहेको बताएपनि यसले विगतमा पनि रूसी ऊर्जा सुविधाहरूमा यस्तै आक्रमणहरू गर्दै आएको थियो। “ड्रोन आक्रमणको परिणामस्वरूप अजोभमा तेल उत्पादन ट्याङ्कीहरूमा आगलागी भएर नष्ट भएका छन् । प्रारम्भिक तथ्याङ्कअनुसार कुनै हताहत भएको छैन “, स्थानीय रोस्तोभ क्षेत्रका गभर्नर भासिली गोलुबेभले टेलिग्राममार्फत बताउनुभयो । आपतकालीन मन्त्रालयले प्रकाशित गरेको भिडियोमा तेल भण्डारण ट्याङ्कीहरू राखिएको स्थानबाट बाक्लो धुवाँ र आगोको मुस्लो निस्किएको देखाइएको छ। आक्रमणमा कति ड्रोनहरू संलग्न थिए भन्ने जानकारीमा आएको छैन । कम्तिमा ३२०० वर्ग मिटर क्षेत्रफलमा फैलिएको आगलागी नियन्त्रण गर्न करिब २०० जना आगो नियन्त्रक र आपतकालीन कर्मचारीहरू तैनाथ गरिएको आपतकालीन मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }