शुक्रबार, साउन ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

काठमाडौँ उत्तरी क्षेत्र प्रथम शैक्षिक मेला शुक्रबार हुने


  • माउन्टेन खबर
  • मङ्लबार, असार ४, २०८१
  • 79
    SHARES

काठमाडौँ । काठमाडौँको उत्तर भेगमा सञ्चालित विद्यालयको शैक्षिक विकासका लागि प्रथम उत्तरी क्षेत्र ‘शिक्षा मेला–२०८१’ हुने भएको छ ।

उच्च माध्यामिक विद्यालय सङ्घ नेपाल (हिसान), निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसियशन (एनप्याब्सन) को आयोजना तथा स्काई भिजन फाउण्डेशनको संयोजनमा यही असार ७ गते शुक्रबार मेला आयोजना हुन लागेको हो ।

स्काई भिजन फाउण्डेशनले आज यहाँ पत्रकार सम्मेलन गरी माध्यामिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीलाई लक्षित गरी मेला आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै फाउण्डेशनका सञ्चालक सुनिल भट्टराईले उत्तरी क्षेत्रमा सञ्चालित विद्यार्थीको शैक्षिक उन्नयनका लागि उक्त मेला आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

मेलामा विद्यार्थीले आफ्नो भविष्यको योजना तर्जुमा गर्ने, विद्यार्थीलाई पढाईप्रति कसरी आकर्षण गर्ने लगायतका बारेमा जानकारी गराईनेछ । पूर्व शिक्षामन्त्री शिशिर खनालको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रममा हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलवालले विद्यार्थीको प्रतिभा प्रष्फुटन कक्षा र उत्प्रेरक व्यक्तित्व सुवास पौडेलले विद्यार्थीलाई भावी जीवनप्रति प्रेरणा प्रदान गर्ने कार्यक्रम रहेको छ ।

मेलामा काठमाडौँका दुई दर्जनभन्दा बढी उच्च शिक्षा अध्यापन गराइरहेका कलेजको सहभागीता रहने टोखा नगरपालिका हिसानका अध्यक्ष राजन अधिकारीले जानकारी दिनुभयो । लर्ड प्यालेस ग्रीनल्याण्डमा विहान ११ बजे सुरु हुने उक्त मेलाको चार हजारभन्दा बढी विद्यार्थीले प्रत्यक्ष अवलोकन गर्ने आयोजकले जनाएको छ ।

उच्च माध्यामिक विद्यालय सङ्घ नेपाल (हिसान)का सचिव राजेन्द्र अधिकारीले काठमाडौँका उत्तरी क्षेत्रका कलेज शिक्षा क्षेत्रमा अब्बल छन् भन्ने सन्देश मेलाले दिने बताउनुभयो ।

मेलामा वरिष्ठ गायिक रचना रिमाल, श्रीधर अधिकारी र हाँस्य कलाकार शेरबहादुर गुरुङलगायतको प्रस्तुती रहने फाउण्डेनका सञ्चालक भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }