शुक्रबार, साउन ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

स्काउट समय सापेक्ष हुन जरुरीः खेलकुदमन्त्री श्रेष्ठ


  • माउन्टेन खबर
  • बुधबार, असार ५, २०८१
  • 32
    SHARES

 

काठमाडौं ।युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले स्काउट समय सापेक्ष हुन जरुरी रहेको बताउनुभएको छ ।

 

बुधवार नेपाल स्काउटको ७३ औं स्थापना दिवसको अवसरमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले २१ औं शताब्दीमा स्काउट कस्तो हुनुपर्छ भन्ने हिसावले अघि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले स्काउट समय सापेक्ष बनाउँदा आफ्नो धर्म र मर्म बिर्सिनु नहुने बताउनु भयो । उहाँले केका लागि स्थापना भएको हो ? भन्नेकुरा नबिर्सिकन स्काउटले समय सापेक्ष रुपमा अघि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले स्काउटका सम्पतीहरुको जगेर्ना गर्न विशेष ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘स्काउट समय सापेक्ष पनि हुनुपर्छ । २१ औं शताब्दीमा स्काउट कस्तो हुनुपर्छ । यो भन्दै गर्दा स्काउटको मूल्य मान्यताहरु नबिर्सिकन, आफ्नो जरा नबिर्सिकन । धेरै जसो संस्थाहरु समय सापेक्ष हुने क्रममा आफू को हो ? र केका लागि स्थापना भएको पनि बिर्सिने चलन छ । तर स्काउटले २१ औं शताब्दी सापेक्ष हुने तर आफ्नो जरा नबिर्सिकन, आफ्नो माटो नबिर्सिने पनि हुनुपर्छ । अबको आवश्यकता भनेको डिजिटल लिट्रेसी पनि हो ।’

उहाँले स्काउटले दिगो विकासको लक्ष्य प्राप्तिका लागि स्काउट राम्रो संगठन भएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }