शुक्रबार, साउन ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

धितोपत्र बोर्ड अध्यक्षको अन्तरवार्तामा बोलाइएका ३ जना पुनः अनुपस्थित


  • माउन्टेन खबर
  • बुधबार, असार ५, २०८१
  • 33
    SHARES

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्षका तीन उम्मेदरवारलाई बुधबारका लागि कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ताका लागि बोलाइए पनि उनीहरु फेरि अनुपस्थित भएका छन् । ९ बजे बोलाइएको अन्तर्वार्तामा तीनै जना अनुपस्थित भएको हुन् ।

अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले सर्टलिस्टमा परेका ५ जनालाई यसअघि आइतबार कार्ययोजना प्रस्तुती तथा अन्तर्वार्ताका लागि बोलाइएको थियो ।  आइतबार २ जना मात्रै उपस्थिति भए, बाँकी ३ जना अनुपस्थित भएपछि बुधबार ९ बजेका लागि फेरि बोलाइएको थियो ।

यसअघि लामो समयसम्म अन्यौलमा रहेको बोर्ड अध्यक्ष नियुक्ती प्रक्रियालाई अघि बढाउन छनोट समितिले ५ जनाको नाम सर्टलिस्टमा राख्दै आईतबार अन्तर्वार्ताका लागि बोलाएको थियो । तर अन्तर्वार्तामा बोलाएकामध्ये सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डकै कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ मात्रै उपस्थित भएका थिए ।

सर्टलिस्टमा परेकामध्ये बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका सीईओ कृष्णबहादुर कार्की र बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं अनुपस्थित भएका हुन् ।

तर, दोस्रोपटक बोलाईएको प्रस्तुतिकरणमा पनि उनिहरु अनुपस्थित भएपछि धितोपत्र बोर्डको अध्यक्ष चयन अन्योलतातर्फ धकेलिएको छ ।

बोर्ड अध्यक्षका लागि १९ जनाले आवेदन दिएका थिए । जसमध्ये अन्तिम ५ जनामा उनीहरुको नाम छनोट भएको थियो । यिनै ५ जनाबाट छनौट समितिले ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गर्नुपर्ने थियो । जसमध्येबाट १ जना बोर्ड अध्यक्षमा नियुक्त हुने प्रावधान थियो । तर, छनोट समितिले बोलाएको प्रस्तुतीकरणमै ३ जना उपस्थित नभएपछि बोर्डको अध्यक्ष छनोट प्रक्रिया नै रद्द हुने अवस्था आएको छ ।

गत पुस २२ गते बोर्डका तत्कालिन अध्यक्ष रमेश हमाल कार्यकालका कारण बाहिरिएसँगै हालसम्म उक्त पद रिक्त रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }