शुक्रबार, साउन ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल टेलिकमको प्रबन्ध निर्देशकका लागि १७ जनाको आवेदन


  • माउन्टेन खबर
  • बुधबार, असार ५, २०८१
  • 37
    SHARES

काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्धक निर्देशक पदका लागि १७ जनाले आवेदन दिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २२ जेठमा खुलाएको दरखास्त आह्वानको अन्तिम दिन मंगलबारसम्म १७ जनाले आवेदन दिएका हुन् ।

यसरी आवेदन दिनेमा विमल आचार्य, राजेश जोशी, अनन्त प्रकाश मल्लिक, संगीता पहाडी अर्याल, बुद्धिप्रसाद आचार्य, शालिकराम सुवेदी, रमेशप्रसाद जोशी, कमल लामिछाने, केदारनाथ कोइराला रहेका छन् ।

त्यस्तै, नगेन्द्र कुमार दास, सुभाष शाह, लक्ष्मण महर्जन, शालिकराम पराजुली, अनिलकुमार झा, कृष्णप्रसाद भण्डारी, चिन्तामणि बराल र प्रेमप्रसाद सिलवाल रहेका छन् ।

टेलिकमको प्रवन्ध निर्देशक बन्न ३५ वर्ष पूरा गरेका र ५८ वर्ष उमेर ननाघेको व्यक्ति हुनपर्नेछ । तोकिएको विषमा स्नातकोत्तर गरेको, टेलिकम क्षेत्र वा सरकारी स्वामित्वका सार्वजनिक संस्थामा काम गरेको १२ वर्षको अनुभव भएका व्यक्तिले आवेदन दिन सक्ने शर्त तोकेर आवेदन माग गरेको थियो ।

आवदेनकमध्ये तोकिएको मापदण्ड पूरा गरेको आवदेनमध्येबाट प्रस्तुतीकरण र अन्तरवार्तामार्फत अन्तिम ३ जना छनोट हुने छन् । छनोटमा परेको अन्तिम ३ जनामध्येबाट सरकारले १ जनालाई टेलिकमको प्रवन्ध निर्देशकमा नियुक्त गर्ने छ ।

नेसनल पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल विशेष अदालतबाट दोषी ठहर भएसँगै ७ वैशाख २०८१ यता उक्त नेपाल टेलिकमको प्रबन्ध निर्देशक पद रिक्त रहेको छ ।   टेलिकममा निमित्त प्रबन्ध निर्देशकका रूपमा संगीता पहाडी (अर्याल) कार्यभार सम्हालिरहेकी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }