शुक्रबार, साउन ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

काँग्रेसकै बीचमा गठबन्धन गरौँ, कुनै पार्टीले हराउन सक्दैनः नेता कोईराला


  • माउन्टेन खबर
  • बिहिबार, असार ६, २०८१
  • 32
    SHARES

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेपाली काँग्रेसको बीचमा गबठन्धन भए अन्य राजनीतिक दलहरुले निर्वाचनमा पराजित गर्न नसक्ने बताउनुभएको छ ।

बिहीवार काठमाडौंमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले घात, अन्तर्घात हुने भयले अन्य राजनीतिक दलहरुबीच गठबन्धन हुने गरेको भएपनि काँग्रेसको बीचमा गठबन्धन गरेको खण्डमा कुनैपनि राजनीतिक दलले हराउन नसक्ने जिकिर गर्नुभयो । उहाँले महिलाहरु लैङ्गिक प्रतिनिधित्वमा राजनीतिक प्रतिनिधित्व भन्दा माथि उठ्न नसकेको बताउनु भयो । उहाँले राजनीतिकसँगै आर्थिक, सामाजिक प्रतिनिधित्वमा पनि त्यत्तिकै सबल र सक्षम हुनुपर्ने बताउनु भयो । उहाँले अबको निर्वाचनमा महिलाहरुलाई स्थानीय तहमा नेपाली काँग्रेसले प्राथमिकता दिएर पालिकाको अध्यक्षमा धेरै सिटहरु माहिलालाई दिन जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘लैङ्गिक प्रतिनिधित्वको कुरा गर्दा हामी राजनीतिक प्रतिनिधित्व भन्दा माथि उठ्नै सकिरहेका छैनौँ । तपाईंहरुसँग कुरा गर्दा हाम्रो राजनीतकि प्रतिनिधित्व भएन भन्ने मात्रै पाउँछौँ । आर्थिक प्रतिनिधित्व, सामाजिक प्रतिनिधित्वको कुरामा तपाईंहरु पनि चुक्नुभएको छ जस्तो लाग्छ । यो विषयमा छलफल गरी रणनीति तयार गरेर अघि बढ्नुहोला । जतिसुकै राजनीतिक अधिकार दिएपनि आर्थिक अधिकार तपाईंहरुको भएन, सामाजिक अधिकारहरु भएन भने समस्या जहीँ को त्यहीँ रहन्छ । त्यसकारण आर्थिक समानता, सामाजिक समानताका कुराहरु पनि त्यत्तिकै ध्यान दिनुपर्छ । ३३ प्रतिशत सिट हामी रिजर्भेसन त गरेका छाँै, मलाई के लाग्छ भने यो सिट जसरी रिजर्भेसन गरेका छौँ, राजनीतिक तहमा । त्यो आफ्नो ठाउँमा अपर्याप्त होला । तपाईंहरुको माग ५१ प्रतिशत नै हो । हामीलाई आपत्ति छैन । ३३ प्रतिशत भइसकेको छ भने अब ५१ प्रतिशत गर्न के आपत्ति भयो र । त्यसको लागि सक्षम बन्दै जानुपर्ने हुन्छ । त्यो सक्षमता बन्नका लागि अबको निर्वाचनमा महिलाहरुलाई स्थानीय तहमा नेपाली काँग्रेसले प्राथमिकता दिएर पालिकाको अध्यक्षमा पनि धेरै सिटहरु माहिलालाई दिन जरुरी छ । दोस्रो कुरा प्रदेश र संघ संसदको बीचमै प्रतिष्पर्धा गराइ अघि जानुपर्छ । त्यसमा तपाईंहरु तयार हुनुहुन्छ भन्ने म विश्वस्त छु । घात अन्तर्घात हुन्छ भनेर हामी गठबन्धन गरिरहेका छाँै, राजनीतिक दलहरुको बीचमा । मलाई के लाग्छ भने नेपाली काँग्रेस आफैँ पनि सक्षम छ । हामी हाम्रो बीचमा गठबन्धन गरौँ । नेपाली काँग्रेसको बीचमा गबठन्धन गर्ने हो भने हामीलाई कुनैपनि शक्तिले हराउन सक्दैन । अन्य दलहरुसँग गठबन्धन गर्नै पर्दैन ।’

नेता कोईरालाले महिलाहरुलाई प्रदेश र संघ संसदको बीचमै प्रतिष्पर्धा गराइ अघि बढ्न आवश्यक रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }