शुक्रबार, साउन ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कारबाहीविरूद्ध फणीन्द्र देवकोटा सर्वोच्चमा


  • माउन्टेन खबर
  • बिहिबार, असार ६, २०८१
  • 34
    SHARES

काठमाडौँ: सर्वोच्च अदालतमा गण्डकी प्रदेशमा नेकपा (माओवादी केन्द्र) संसदीय दलको कारबाहीविरूद्ध प्रदेशसभा सदस्य फणीन्द्र देवकोटाले रिट निवेदन दायर गर्नुभएको छ ।

गण्डकी प्रदेशका मन्त्रीसमेत रहनुभएका देवकोटाले आज दायर गरेको रिट निवेदनमा आफूमाथि भएको कारबाही गैरकानुनी भएको उल्लेख गर्दै उक्त निर्णय कार्यान्वयन नगर्न आदेश माग गरिएको छ ।

रिट निवेदनमा गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, प्रदेशसभा सचिवालय, नेकपा (माओवादी केन्द्र) केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, प्रदेश समिति, संसदीय दलका नेता हरिबहादुर चुमान र निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ ।

रिट निवेदनमा गत जेठ २९ को पत्र र जेठ ३२ को सूचना कार्यान्वयन नगर्नु आदेशको  माग गर्दै  प्रदेशसभा सदस्यको हैसियतमा पूर्ववत् कामकाज गर्न कुनै अवरोध नगर्नु भनी अन्तरिम आदेशको माग गरिएको छ ।

देवकोटा विसं २०७९ को निर्वाचनमा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर गोरखा २ (१) बाट उनी निर्वाचित हुनुभएको थियोे । माओवादी संसदीय दलको ह्विप उल्लङ्घन गर्दै गत २८ जेठमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादी संसदीय दलले कारबाही गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }