शुक्रबार, साउन ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अझै पनि शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन सकेका छैनौँः सभामुख घिमिरे


  • माउन्टेन खबर
  • शुक्रबार, असार १४, २०८१
  • 56
    SHARES

 

काठमाडौं । सभामुख देवराज घिमिरेले शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन जरुरी रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अझै पनि नेपालमा शिक्षा व्यवहारिक हुन नसकेको भन्दै शिक्षालाई सबैको पहुँचमा पु¥याउनुपर्ने बताउनु भयो । उहाँले शिक्षाले समाजलाई परिवर्तन गर्ने भन्दै शिक्षालाई दर्शन सिक्ने ठाउँको रुपमा विकास गर्नुपर्ने बताउनु भयो । उहाँले नेपालको शिक्षा नेपाली जनजीवन, नेपाली समाजको जीवनमा आधारित भइ प्राकृतिक श्रोत साधनहरुको सदुपयोग गर्ने सन्दर्भमा केन्द्रित हुनुपर्ने बताउनु भयो । उहाँले अहिलेको समयानुसारको पाठ्यक्रमहरु निर्माण गरी दक्ष शिक्षकहरुबाट विद्यार्थीलाई शिक्षित बनाउनुपर्ने बताउनु भयो । उहाँले शिक्षालाई सर्वसुलभ बनाइ, शिक्षा जीवनउपयोगी बनाउने र शिक्षा भनेको जीवनलाई उत्कृष्ट बनाउनका लागि हो भन्ने हिसावबाट अघि बढ्न जरुरी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले पनि हामीले शिक्षालाई सर्वसुलभ बनाउन सकेका छैनौँ । शिक्षा व्यवहारिक हुन सकिरहेको छैन । शिक्षाले समाजलाई परिवर्तन गर्ने दर्शन सिक्ने ठाउँको रुपबाट विकास गरेको छैन । त्यो दर्शन मान्छेको जीवनमा, नेपाली समाजको जीवनमा यहाँका विभिन्न जातजातिहरुको, विभिन्न संस्कार, संस्कृतिहरुको, धनी र गरिवहरुबीचको, सुविधा सम्पन्न शहर र धेरै दुर्गम ठाउँको र नेपालको विशिष्टतामा आधारित देहायका प्राकृतिक श्रोत साधनहरुको सदुपयोग गर्ने सन्दर्भमा, यहाँको पर्यापर्यटनहरुका विभिन्न क्षेत्रहरुको उद्घाटन गर्ने सन्दर्भमा कसरी यसलाई प्रयोग गर्न सकिन्छ ? भन्नेबारेमा त्यस दिशामा यसले धेरै जमर्कोहरु गरिरहेको छ । तदनुकुलको पाठ्यक्रमहरु निर्धारण गर्ने, तदनुकुलका दक्ष शिक्षकहरु राखेर प्रशिक्षण दिने, यि कामहरुमा कोशषि गरिरहेको छ । तर जुन किसिमबाट विकास गर्नुपर्ने हो, प्रतिकुलताका कारण सकिरहेको छैन । शिक्षालाई सर्वसुलभ बनाइ, शिक्षा जीवनउपयोगी बनाउने र अझै शिक्षा भनेको जीवनलाई उत्कृष्ट बनाउन सकिन्छ ।’

सभामुख घिमिरेले विचारबाट समाजलाई परिवर्तन गर्ने वैज्ञानिक शिक्षा विद्यार्थीहरुलाई सिकाउन आवश्यक रहेको बताउनु भयो । उहाँले अहिलेको शिक्षालाई वैज्ञानिक शिक्षा नीतिमा लैजानुपर्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }