बिहिबार, साउन ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एसईई नतिजाको जिम्मेवारी सबैले लिनुपर्छः मन्त्री श्रेष्ठ

शिक्षण सिकाई सुधार गर्न तीनै तहका सरकार र विद्यालय व्यवस्थापन समन्वय आवश्यक छः शिक्षा मन्त्री श्रेष्ठ


  • माउन्टेन खबर
  • मङ्लबार, असार १८, २०८१
  • 47
    SHARES

 

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालयको गुणस्तर सुधार गर्नको लागि तीन तहकै सरकार र विद्यालय व्यवस्थापन मिलेर काम गर्न जरुरी रहेको बताउनुभएको छ ।

२०८० को एसईई परीक्षाको नतिजाका विषयमा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले विद्यालय शिक्षामा सुधार गरी गुणस्तरिय बनाउँदै उपलब्धी मुलुक नतिजा ल्याउनको लागि स्थानीय तह,अभिभावक र विद्यालय व्यवस्थापनले सबैभन्दा पहिला प्रभावकारी काम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले ५२ प्रतिशत विद्यार्थीहरु ननग्रेडिङ(एनजी) हुनुमा शिक्षा क्षेत्रका कुनैपनि संयन्त्र उम्कने ठाँउ नभएको बताउनु भयो । उहाँले तत्कालको कारणले मात्रै नभएर विगत लामो समयदेखि शिक्षा क्षेत्रमा देखिएको बेथिति र विद्यालयमा राजनीतिकरणको असर यो वर्षको एसईई नतिजामा देखिएको दाबी गर्नुभयो । उहाँले हामीले विगतका रिजल्टहरुलाई हेर्दा पनि प्रध्यानाध्यापक राम्रो भएको ठाउँमा एसईईको नतिजा राम्रो आएको भन्दै अब सरकारले विद्यालयको प्रध्यानाध्यापकको लागि निश्चित सेवा आयोग बनाउने गरी शिक्षा सेवा आयोगको नियमावली परिवर्तन गर्न लागेको बताउनु भयो । उहाँले अर्थ मन्त्रालयले शिक्षा मन्त्रालयललाई दरबन्दी नदिएको अवस्थामा १ हजार ९ सय जनाको दरबन्दी मिलान गर्न बाँकी रहेको बताउनु भयो । उहाँले प्रध्यानाध्यापक दरबन्दीमा आर्थिक भार पर्ने भएकाले तीनै तहका सरकारले समान रुपमा खर्च गर्नेगरी कमजोर नतिजा ल्याएका विद्यालयहरुमा सक्षम प्रध्यानाध्यापक नियुक्ति गर्ने बताउनु भयो । उहाँले विद्यालयहरुले परीक्षाको भन्दा पनि सिकाईको नतिजा राम्रो ल्याउने बनाउन आवश्यक रहेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले नियम कार्यान्वयन गर्नुपर्ने निकाय र व्यक्तिहरु विद्यालय शिक्षा सुधारको लागि कार्यान्वयनको निर्मम हुनुपर्ने बताउनु भयो । उहाँले राजनीतिमा लागेको शिक्षकलाई प्रदेश,स्थानीय तह र व्यवस्थापन समितिले हटाउन सक्नुपर्ने बताउनु भयो । उहाँले अहिलेको एसईईको नतिजालाई देखाएर उम्कने छुट कसैलाई नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘एसईईको रिजल्टको जिम्मेवारी सबैले लिनुपर्छ । संघीय तहमा आवश्यक नीति नियमहरु छन की छैनन् । प्रदेश र स्थानीय तहमा साझा सूचीमा राखेको छ । त्यसको अख्तियारी छ वा छ्रैन । संघीय सरकारले हेर्ने विषय हो । पाठ्यक्रम भारी छ की छैन । एसईईको नतिजापछि शिक्षा मन्त्रालयमा तीन पटक बैठक बस्यौं । शिक्षा मन्त्रालयको कानून र प्रशासन बाहेक अन्य विभागमा शिक्षासेवाबाट मात्रै आउन सक्छन् । यो मन्त्रालयमा भएका साथीहरु अरु मन्त्रालयमा जान पाउँदैनन् । अरु मन्त्रालयका कर्मचारीहरु शिक्षक सेवा पास नगरी आउन पाउँदैनन् । स्थायी सरकारको पनि सुपर स्थिायी मन्त्रालय हो । यसले नतिजा नदिएपछि मैले दुई कुरा विशेष रुपमा भनेको छु । एउटा रिर्फम टिमको लागि ओएनएम गर्नुप¥यो । शिक्षण सिकाई हेर्ने विभाग सर्वेमा विज्ञ चाहियो । मन्त्रालयमा पहिलो सुधार गरेको छु । पाठ्यक्रमलाई सुभारको लागि(रिभाईज) गर्नको लागि कार्ययोजना माग गरेको छ । पाठ्यक्रमलाई बजारमा जोड्नको लागि समाजसँग पाठ्यक्रम थालनी गरिसकेका छौं । पाठ्यक्रम बाइलोजिकल रुपमा मात्रै भएको छ । समाजलाई चेतना मुलक बनाउने गरी भएको छैन । हामीले विगतका रिजल्टहरुलाई हेर्दा पनि जुन स्कुलमा प्रध्यानाध्यापक राम्रो भएको ठाउँमा एसईईको रिजल्ट राम्रो गरेको छ । विद्यालयको प्रध्यानाध्यापकको लागि निश्चित सेवा आयोग बनाउने हो की त्यसको लागि शिक्षा सेवा आयोगको नियमावली परिर्वतन गर्दैछौं । अर्थमन्त्रालयले शिक्षा मन्त्रालयललाई दरबन्दी नदिएको अवस्थामा १ हजार ९ सय जनाको दरबन्दी मिलान गर्न बाँकी छ । प्रध्यानाध्यापक दरबन्दीमा आर्थिक भार पर्ने भएकाले तीनै तहका सरकारले व्यहोर्ने हो भने कमजोर नतिजा ल्याएका विद्यालयहरुमा सक्षम प्रध्यानाध्यापक नियुक्ति गर्नसक्छौं । विद्यालयहरुले परिक्षाको भन्दा पनि सिकाईको नतिजा राम्रो ल्याउनुपर्छ । जुन निकायले जे नियम कार्यान्वयन गर्नुपर्ने हो कार्यान्वयनको लागि निर्मम भएर लाग्नुपर्छ । राजनीतिमा लागेको शिक्षकलाई प्रदेश,स्थानीय तह र व्यवस्थापन समितिले हटाउन सक्नुपर्छ । अहिलेको एसईईको नतिजालाई देखाएर उम्कने छुट कसैलाई पनि छैन । शिक्षा क्षेत्रका हरेक संयन्त्रले काम गर्नसके शिक्षा क्षेत्रमा सुधार हुन्छ।’

उहाँले एसईई नितिजाको जिम्मेवारी सबैले लिनुपर्ने बताउनु भयो ।—न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }