शुक्रबार, साउन ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अनेसासको निर्वाचन आज


  • माउन्टेन खबर
  • शनिबार, असार २२, २०८१
  • 33
    SHARES

मेरिल्याण्ड, जुलाई ६ अन्तराष्ट्रिय साहित्य समाज अनेसासको सन् २०२४ – २०२६ को लागि केन्द्रिय समितिको निर्वाचन शनिवार र आईतवारलाई तय गरिएको छ ।

अनेसासको कूल जुन २८मा प्रकाशित गरेको विवरण अनुसार कूल २८६६ मतदाता रहेका छन जसमध्ये करिव १२ सय मतदाता अमेरिकामा रहेका छन भने त्यसपछि धेरै मतदाता भएको शाखा नेपाल शाखा हो ।

यस पटकको निर्वाचनमा वर्तमान वरिष्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले र महासचिव विमला निरौलाले अध्यक्ष पदको लागि प्रतिस्पर्धा गरेका छन् ।

केही दिन अगाडि मेरिल्याण्ड च्याप्टरको सहजीकरणमा भएको प्रेसिन्डेन्सियल डिवेटमा अध्यक्षका प्रत्यासीहरुले आफनो आफनो एजेण्डा र निर्वाचित भएपछि गर्ने कार्ययोजनाको वारेमा जानकारी गराएका थिए ।

अनेसासको निर्वाचनमा विश्वभरि छरिएर रहेका नेपाली भाषा र साहित्यका क्षेत्रमा क्रियाशील व्यक्तिहरुले मतदान गरेर नयाँ नेतृत्व चयन गर्नेछन् ।

अनेसासका आजीवन सदस्यहरुले अमेरिका को पुर्व तटीय समय अनुसार जुलाई ६ तारिख बिहान १२ बजे देखि जुलाई ७ तारिख राति ११ बजेर ५९ मिनेट सम्म अन लाइन भोटिंग गर्न पाउने छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }