शुक्रबार, साउन ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेसले टुङ्ग्यायो मधेश सरकारमा सहभागी हुने ४ मन्त्रीको नाम


  • माउन्टेन खबर
  • आइतवार, असार २३, २०८१
  • 32
    SHARES

काठमाडौं । नेपाली कांग्रेसले मधेश प्रदेशमा सहभागी हुने ४ मन्त्रीको नाम टुङ्गो लगाएको छ । आइतबार बसेको कांग्रेस मधेश प्रदेशसभा संसदीय दलको बैठकले सरकारमा पठाउन ४ जनाको नाम टुंग्याएको हो ।

वैठकले रौतहटका सुनिल यादव, पर्साका जनार्दन क्षेत्री, धनुषाका शेषनारायण यादव र कौशल किशोर रायलाई सरकारमा पठाउने भएको छ । कांग्रेसले चार जनाको नाममा छलफल गरे पनि मुख्यमन्त्री सतिशकुमार सिंहले तीनवटा मन्त्रालय दिने तयारी गरेका छन् ।

प्रदेश सभामा कांग्रेसको २२ सिट छ । २५ सिटको एमाले ४ मन्त्रालय लिएर सरकारमा छ ।

केन्द्रमा कांग्रेस र एमालेको समीकरण बनेपछि मधेशमा जनमत सरकारलाई निरन्तरता दिने सहमत भएको थियो ।

कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री सिंहले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ६ मन्त्रीलाई शनिबार बर्खास्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }