शुक्रबार, साउन ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कुनै अन्य देशको पी आर वा नागरिकता लिएकी छैन: सुमना श्रेष्ठ


  • माउन्टेन खबर
  • बुधबार, असार २६, २०८१
  • 29
    SHARES

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफूसँग नेपाली नागरिकता बाहेक कुनै पनि देशको पीआर तथा ग्रिन कार्ड नलिएको जनाउनु भएको छ ।

राष्ट्रिय सर्तकता केन्द्रले दोहोरो नागरिकताका बारेमा बुझ्न आफुलाई पत्र पठाएको जानकारी गराउदै मन्त्री श्रेष्ठ सामाजिक संञ्जालमा लेख्नु भएको छ- नेपालको नागरिक हुँ, कुनै अन्य देशको पी आर वा नागरिकता लिएकी छैन ।

सामाजिक संञ्जाल एक्समा एक भिडियो पोष्ट गर्दे उहाँले भन्नुभएको छ ‘मैले २० वटा जति देश भ्रमण गरेको छु । कुनै देशको पनि ग्रिन कार्ड तथा पीआर समेत लिएको छैन । लिने प्रक्रिया के हो त्यो समेत थाहा छैन । म जति दिन मन्त्री भएको छु, त्योभन्दा पनि कम समय पोल्याण्ड बसेकी छु । पोल्याण्डमा निश्चित मापदण्ड पुरा गरेपछि मात्रै त्यहाँको पीआर पाइने रहेछ । त्यसका विषयमा बुझ्न मलाई १० देखि १५ घण्टा समय लाग्यो ।’

नेपाली नागरिकतासँगै यूरोपेली देश पोल्याण्डको पीआर लिएको भन्दै उहाँविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारले सतर्कता केन्द्रलाई पत्राचार गरेको थियो । सतर्कता केन्द्रको पत्र पछि मन्त्री श्रेष्ठले सामाजिक संञ्जाल मार्फत स्पष्टिकरण दिनु भएको हो । मन्त्री श्रेष्ठका श्रीमान् पोल्याण्डका नागरिक हुन् । पोल्यण्डका नागरिकसँग बिहे गरेको भए पनि त्यहाँको पीआर नलिएको उहाँले जनाउनु भएकाे छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }