‘आँसुको उपहार”मा डुबेर निस्कँदाः- ( समीक्षा )

‘आँसुको उपहार”मा डुबेर निस्कँदाः- ( समीक्षा )
‘कति छन् कति दुखी कहानी भनेर सकिन्न
किस्ता किस्तामा आउने चिन्ता गनेर सकिन्न
सहनु बाहेक अरु के नै हुँदोरहेछ र ए जिन्दगी!
हृदयको दस्तावेजमा टाँसिएको खनेर सकिन्न”।
माथि प्रस्तुत भएको मुक्तक बहिनी शारदा क्षेत्रीको ‘आँसुको उपहार” नामक मुक्तक सङ्ग्रहबाट उद्धृत गरिएको हो। यस्तै प्रकृतिका २२२ (दुइसय बाइस) मुक्तकहरुको सँगालो हो ‘आँसुको उपहार”। यसमा सँगालिएका मुक्तकहरु मध्य अधिकांश मुक्तकहरु असाध्य चित्ताकर्षक पाएँ।प्रथम प्रकाशनमानै यति शक्तिशाली मुक्तकको सँगालो मैले विरलै पढेको थिएँ। लेखक र पाठकको बिचमा तगारो बनेर उभिने भूमिकाको अनावस्यक प्रसङ्ग यसमा जोडिएको छैन। विशुद्ध साहित्यिक सेवा भावको उपज …