
२८ पुस, बझाङ । सत्तारुढ नेकपाका ओली पक्षद्वारा आयोजित सभालाई सम्बोधन गर्न मंगलबार बझाङ पुग्नुभएको सामान्य प्रशासन मन्त्री गणेश ठगुन्नालाई प्रचण्ड – नेपाल निकट अनेरास्ववियूले कालो झण्डा देखाएर विरोध प्रदर्शन गरेको छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदमका विरुद्ध उनीहरुले सडकमा कालाे झण्डा देखाउदै टायर बालेर प्रदर्शन गरेका थिए ।
अनेरास्ववियूले प्रतिगामी कदम चालेको भन्दै संघीय सरकारका मन्त्रीहरुलाई चरणबद्ध आन्दोलनसहित कालो झण्डा देखाउने कार्यक्रम सार्वजनिक गरेको छ ।